Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

कसलाई मन्त्री बनाउने भन्ने पार्टीले निर्णय गर्छ, अरुले निर्णय गर्ने होइन : खनाल

By साझासवाल

जेठ २३, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले पूर्वसहमति अनुसार नै पार्टीका मन्त्रीहरूलाई फेरबदल गर्न लागेको बताउनुभएको छ । आज सोमवार संसद् भवन नयाँ बानेश्वरमा सञ्चारकर्मीहरूलाई संक्षिप्त प्रतिक्रिया दिँदै सांसद खनालले कुन व्यक्तिलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीको सार्वभौम कुरा भएको बताउनुभयो ।

उहाँले आफ्नो पार्टीको तर्फबाट कसलाई मन्त्री बनाउने भन्ने कुरा पार्टीले नै निर्णय गर्ने भन्दै धर्तीका अरू कुनै तागतले केही गर्न नसक्ने बताउनुभयो । उहाँले ६ महिनासम्म एउटा समूह र त्यसपछि अर्को समूहलाई मन्त्रिपरिषदमा पठाउने पार्टीमा पूर्वसहमति गरिएको स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो, ‘कुन व्यक्तिलाई मन्त्री बनाउने या नबनाउने त्यो सम्बन्धित पार्टीको सार्वभौम कुरा हो । अरूले गर्ने होइन । हामीले पहिले नै ६ महिनासम्म एउटा समूहलाई र त्यसपछि अर्काे समूहलाई मन्त्रिपरिषदमा पुर्‍याउने भनिसकेका छाैँ । त्यहीअनुसार हामीले गरेको हो । हाम्रो पार्टीमा लाखौँ सदस्य भए पनि कमिटीहरूले नै निर्णय गर्छन् । त्यसलाई हामी सबैले पालना गर्छौ । पद्धति नै त्यही हो नि ।’