जेठ २७, काठमाडौँ | स्थानीय तहको निर्वाचनलगायतका विषयमा छलफल गर्नका लागि प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले ३० जेठमा सचिवालय बैठक बोलाएको छ । सो बैठकका छलफलको एजेन्डा तयका गर्नका लागि २९ जेठमा महासचिव शंकर पोखरेलेको नेतृत्वमा केन्द्रीय कार्यालयकाे बैठक तय भएको छ ।

‘स्थानीय तह निर्वाचनदेखि आगामी निर्वाचनकाबारेमा छलफल गर्नका लागि सचिवालय बैठक बोलाएको हो,’ प्रचार विभागका उपप्रमुख विष्णु रिजालले भने, ‘२९ गते बस्ने केन्द्रीय कार्यालयको बैठकले थप एजेन्डाहरु तय गर्नेछ ।’

उनका अनुसार गत ३० वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा प्राप्त मत परिणामदेखि अन्य विषय सचिवालयको बैठकको प्राथमिकतामा पर्नेछन् ।

स्थानीय तहको निर्वाचनमा ‘अन्तर्घात’ भएकोदेखि उपाध्यक्ष घनश्याम भुसाललाई अनुशासन आयोगले अनुशासन नाघेको भन्दै सोधिएको स्पष्टीकरणलगायत चर्चा चलिरहेको बेला सो बैठक बस्न लागेको हो ।

June 10, 2022
काठमाडौँ - KTM, राजनीति
एमाले सचिवालय बैठक ३० जेठमा : ‘अन्तर्घात’देखि भुसालमाथि कारबाहीकाे विषयसम्म छलफल हुने
By साझासवाल
2 मिनेट पढाइ