जेठ ३१, काठमाडौं | सरकारले यसै वर्षबाट किसानलाई पेन्सन दिने भएको छ । प्रतिनिधिसभाको मंगलबारको बैठकमा कृषि तथा पशुपन्छी विकास मन्त्री महिन्द्र राय यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन सुरु गरिने जानकारी दिएका हुन् ।

मन्त्रालयगत छलफलमा उठेका प्रश्नको जवाफ दिने क्रममा मन्त्री यादवले यसै वर्षबाट किसानलाई पेन्सन दिन थालिने बताएका हुन् । यसका लागि किसानले आफ्नो उत्पादनको केही छुट्याउनुपर्ने र यसमा सरकारले १० प्रतिशत थप्ने मन्त्री यादवको भनाइ छ ।

किसानलाई पेन्सन दिनका लागि कार्यविधि बनाउने बताएका उनले वर्गीकरण गरेर पेन्सन दिन सुरुवात गरिने जानकारी दिए । आर्थिक वर्ष २०७९/८० को बजेटमा किसानलाई पेन्सन दिने कार्यक्रम समावेश गरिएको छ ।

यसै वर्षबाट किसानलाई पेन्सन दिइने : मन्त्री यादव