Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

देउवाविरुद्ध उत्रिँदै शेखर समूह

By साझासवाल

असार १६, काठमाडौं | महाधिवेशन सकिएको ६ महिना बितेलगत्तै नेपाली कांग्रेसभित्रको डा. शेखर कोइराला नेतृत्वको समूह सभापति शेरबहादुर देउवाविरुद्ध उत्रने तयरीमा जुटेको छ ।

अघिल्लो कर्यकालमा जस्तै महाधिवेशन सम्पन्न भएको ६ महिना बित्दासमेत सभापति देउवा विधि र विधानअनुसार नचलेको भन्दै कोइराला समूह उनीविरुद्धको अघि बढ्ने भएको हो ।

‘महाधिवेशन सम्पन्न भएको ६ महिना बित्यो, महाधिवेशनबाट उहाँलाई नेता चुनियो तर पार्टीको नीति महाधिवेशनमा उहाँको चासो देखिएन, फेरि पनि विधि र विधान उल्लंघन सुरु भएकाले हामी रणनीति बनाउनेगरी अघि बढ्न बाध्य हुने अवस्थामा पुग्यौं,’ कोइराला समूहबाट पदाधिकारी रहेका एक नेताले भने ।

पछिल्लो समय पार्टीको नीति अनुसन्धान प्रशिक्षण प्रतिष्ठान, नेपाल किसान संघ र आदिवासी जनजाति संघको नेतृत्वमासमेत आफू निकटकै नेतालाई नेतृत्व सुम्पिएपछि कोइराला समूह सभापति देउवासँग असन्तुष्ट छ ।

यसैगरी, पार्टी विधानअनुसार विभाग तथा समितिहरू गठन गर्नेतर्फ पनि देउवाले आफ्नो पक्षलाई छलफलमा नै सहभागी नगराएर मनोमानी गर्न खोजेको कोइराला समूहको आरोप छ ।

कोइराला समूहले बिहीबार डा. शेखरको सचिवालयमा आफू निकटका पार्टी पदाधिकारी, केन्द्रीय सदस्य तथ पूर्वपदाधिकारीलाई छलफलका लागि बोलाएको हो ।

‘विधानको कार्यान्वयनका विषयमा नै छलफल गर्छौ, पर्टीको नीति महाधिवेशन, भ्रातृसंगठन, विभाग गठन, केन्द्रीय समिति बैठक अह्वानलगायतका विषयमा छलफल हुन्छ,’ ती पदाधिकरीले राजधानीसँग भने ।

देउवाले सभापति निर्वाचित भएको ६ महिनासम्ममा पनि पदाधिकारी, केन्द्रीय कार्यसमिति, कार्यसम्पादन समिति र संसदीय बोर्डलाई पूर्णता दिन सकेका छैनन् । १४ सदस्यीय पदाधिकारीमा कोषाध्यक्ष मनोनित गर्न बाँकी छ भने १ सय ६८ सदस्यीय केन्द्रीय समितिमा १ सय ४७ जना सदस्य मात्र छन् । सभापति देउवाले २१ जना केन्द्रीय सदस्य मनोनयन गर्न बाँकी छ ।

यसैगरी, पार्टी विधानअनुसार ४६ सदस्यीय कार्यसम्पादन समिति हुनुपर्नेमा हाल ३७ सदस्यमा सीमित छ । २५ सदस्यीय रहने संसदीय बोर्डमा पनि पदाधिकारी र वरिष्ठ नेता रामचन्द्र पौडेल मात्र छन् । यस्तै, कांग्रेस विधानमा २८ वटा विभागको व्यवस्था छ ।

देउवले गत ३ फागुनमा केन्द्रीय कार्यसम्पादन समितिबाट १० भ्रातृसंगठन पनि भंग गरेका थिए । तीमध्ये ४ वटामा नयाँ नेतृत्व आइसकेको छ । फागुन मसान्तभित्र १० वटै भ्रातृसंस्थानको केन्द्रीय तदर्थ समिति गठन गर्ने अधिकार पाएका देउवाले पाँच महिनामा नेविसंघ, तरुण दल, किसान संघ र आदीवासी जनजाति संघलाई मात्र नेतृत्व दिएका छन् ।

हाल नेविसंघमा दुजाङ शेर्पा, तरुण दलमा विद्वान गुरुङ, किसान संघमा गणेश तिमिल्सिना र आदिवासी जनजाति संघको सभापतिमा ओमबहादुर थापा छन् ।