Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बाबुराम पक्षको जसपा केन्द्रीय समितिको बैठक भोलिदेखि जडिबुटीमा बस्ने, यस्ता छन् एजेन्डा

By साझासवाल

<p><b>असार २७, काठमाडौं |</b> जनता समाजवादी पार्टीको डा.बाबुराम भट्टराई पक्षको विस्तारित केन्द्रीय कमिटी बैठकको तयारी पूरा भएको छ । बैठक मंगलबारदेखि काठमाडौंको जडीबुटीस्थित रोयल बैंक्वेटमा दुई दिनसम्म चल्नेछ ।<br></p><p>जसपा अध्यक्ष उपेन्द्र यादव पक्षले २८ र २९ असारका लागि पर्साको वीरगन्जमा केन्द्रीय कार्यकारिणी समितिको बैठक बोलाएको छ । सो बैठकमा भट्टराई पक्षलाई आमन्त्रण गरिएको छैन । वीरगन्ज बैठककै समानान्तर हुने गरी भट्टराईले काठमाडौंमा आफूपक्षीय विस्तारित केन्द्रीय समिति बैठक बोलाएका हुन् ।</p><p>बैठकमा हाल पार्टीमा देखिएको अन्तर्संघर्र्ष, स्थानीय तह निर्वाचनको समीक्षा र प्रदेश–प्रतिनिधिसभा निर्वाचनको तयारी एजेन्डा रहेको जसपा केन्द्रीय कार्यकारिणी सदस्य गंगा श्रेष्ठले जानकारी दिए ।</p>