Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

गठबन्धनका कुन दलको भागमा कति सिट?

By साझासवाल

साउन २७, काठमाडौं | नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी), जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय जनमोर्चाले मंसीर ४ गतेको निर्वाचनमा गठबन्धन गर्ने निर्णय गरिसकेको छ। तर सिट बाँडफाँटमा भने कुरा मिलेको छैन।

शीर्ष नेताहरूले भागबन्दा मिलाउन नसकेपछि कांग्रेस नेता कृष्ण सिटौलाको नेतृत्वमा ११ सदस्यीय कार्यदल गठन गरेको छ। कार्यदलको साउन २६ गते बसेको बैठकले २०७९ को स्थानीय तह निर्वाचनमा वडाध्यक्षले पाएको मत बढी विश्वसनीय बन्न सक्ने निष्कर्ष निकालेको छ।

गत निर्वाचनमा वडाध्यक्षका सबै उम्मेदवारले प्राप्त गरेको १ करोड १५ लाख ४० हजार ३८ मत मध्ये गठबन्धनका पाँच दलले ६५ लाख ४८ मत पाएको थियो। गठबन्धन दलले प्राप्त गरेको मतलाई १६५ निर्वाचन क्षेत्रले भाग गर्दा प्रति निर्वाचन क्षेत्र ३९ हजार ३९४ मत पर्न जान्छ।

निर्वाचन आयोगका अनुसार गत वैशाख ३० गतेको निर्वाचनमा वडाध्यक्षमा कांग्रेसले ३९ लाख ५६ हजार १९३, माओवादी केन्द्रले  १५ लाख ३ हजार २४७, जसपाले  ५ लाख ७७ हजार ३८०, एकीकृत समाजवादीले ४ लाख २२ हजार ७३७ र जनमोर्चाले ४० हजार ४९१ मत पाएको थियो। जसअनुसार कांग्रेसले १००, माओवादीले ३८, जसपाले १५, एकीकृत समाजवादीले ११ र जनमोर्चाले १ सिट पाउने देखिन्छ।

स्थानीय निर्वाचनपछि बाबुराम भट्टराईको नेतृत्वमा जसपा विभाजित भएको छ। जसपाले वडाध्यक्षमा पाएको कति मत भट्टराई पक्षको हो भन्ने अनुमान गर्न भने सजिलो छैन।