Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

महाअभियोग सिफारिस समिति : जबरालाई आज पाँच प्रश्न सोधियो, अर्को बैठक बिहीबार

By साझासवाल 2 मिनेट पढाइ

भदौ १५, काठमाडौँ | प्रतिनिधिसभाअन्तर्गतको महाअभियोग सिफारिस समितिमा आज निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरालाई पाँच प्रश्न सोधिएको छ । सिंहदरबारस्थित संसदीय समितिको सभाकक्षमा जबरालाई बयानका लागि बोलाइएको थियो ।

समितिका एक सदस्यका अनुसार उनलाई ४३ प्रश्न सोध्ने तयारी गरिएको छ । तीमध्ये आज पाँच प्रश्नमा सवाल–जवाफ गरिएको हो ।

समितिको अर्को बैठक बिहीबार (भोलि) बिहान ११ बजेका लागि बोलाइएको छ ।

जबराविरुद्ध संघीय संसद् सचिवालयमा महाअभियोग प्रस्ताव दर्ता गरिएसँगै उनको पद निलम्बनमा परेको छ ।