Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

राष्ट्रपतिलाई भनेको छु नागरिक विधेयक प्रमाणीकरण नभए राजीनामा दिनुपर्छ : प्रचण्ड

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

भदौ २४, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयकलाई ठूलो राजनीतिक विषय बनाउन खोजेको आरोप लगाएका छन्। शुक्रवार पोखरा पुगेका उनले राष्ट्रपतिसँग नागरिकता विधेयक प्रमाणीकरण गर्नुबाहेकको विकल्प नरहेको बताएका हुन्।

नेकपाको सरकारहुँदा केपी शर्मा ओलीले ल्याएको प्रस्तावसहितको विधेयक ल्याएको भन्दै उनले विधेयक प्रमाणीकरण नगरे राष्ट्रपतिले राजीनामा दिने अवस्था सिर्जना हुने चेतावनी दिए।

'ओलीले प्रस्ताव लाँदा त्यही प्रस्ताव प्रमाणित गर्नुभएको थियो राष्ट्रपतिले। आउनासाथ सोच्दै नसोचीकन भनेको जस्तो गरि प्रमाणीकरण गर्नुभएको थियो,' उनले भने, 'केही दिनअघि उहाँसँग भेटेर कुरा गर्दा उहाँ यो विषयलाई ठूलै राजनीतिक विषय बनाउने मोडमा रहेको देखेको थिएँ। त्यसकारण नगर्ने सम्भावना पनि छ। त्यसो भए एउटा कुरा अदालतमा जान्छ। अदालतको फैसला पछि अघि बढ्छ। दोस्रो उहाँले राजीनामा दिने हो। मैले त भनेको पनि थिएँ, राष्ट्रपतिजीलाई यदी तपाईले दोस्रो पटक पनि प्रमाणीकरण गर्नुभएन भने कि राजीनामा कि अदालतमा जान्छ। यी दुई वटा हुनसक्छ।'

दाहालले सत्तारुढ गठबन्धनमा सहमति अनुसार नै आगामी निर्वाचनका लागि सिट बाँडफाँट हुने बताए। उनले आज बस्ने बैठकले सिट बाँडफाँटको टुंगो लगाउने दाबीसमेत गरे।

'गठबन्धन सहमति अनुसार नै हुन्छ। हामी सहमतिको नजिक पुगिसकेका छौँ। अरु नेताहरुको अन्यत्र कार्यक्रम नपरेको भए हिजो नै हामीले टुंग्याउने स्थिति बनिसकेको थियो। कतिपय बेला मेरो, माधव नेपालजीको र प्रधानमन्त्रीको ज्यूको कार्यक्रम परेकोले पनि हिजो त्यति केन्द्रित भएर लग्न पाएनौँ। ३ बजेदेखि हामी टुंग्याउने हिसावले छलफल गर्नेछौँ। जटिल समस्या पैदा भएको छैन,’ प्रचण्डले भने।