Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओलीलाई अवरोध गर्न खोज्ने ११ जना पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २७, काठमाडौँ | जनकपुरधाममा धनुषा प्रहरीले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई जनकपुरधाम आगमनमा अवरोध गर्न खोजेको आरोपमा ११ जनालाई पक्राउ गरेको छ । जनकपुर विमानस्थलबाट कार्यक्रम स्थलतर्फ जाँदै गरेका ओलीलाई आज कालो झन्डा देखाउन खोजेको आरोप उनीहरूमाथि लागेको हो।

कालो झन्डा बोकेर बसेकाहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ। ११ जनालाई नियन्त्रणमा लिइए पनि उनीहरूको नाम भने प्रहरीले खुलाएको छैन।

जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले कालो झन्डा लिएर बाटोमा बसेका युवाहरूलाई पक्राउ गरिएको बताए।प्रहरी स्रोतका अनुसार ती युवाहरू नागरिकताविहीन छन्। संसदको दुवै सदनबाट पारित नागरिकता विधेयक प्रमाणीकरणका लागि राष्ट्रपतिकहाँ पठाइएको छ।

नेकपा एमालेको विरोधका बीच नागरिकता विधेयक प्रमाणीकरणमा ढिलाइ भइरहेको आरोप लगाउँदै युवाहरूले अध्यक्ष ओलीलाई कालो झण्डा देखाउन खोजेका थिए । केपी ओली सोमबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न जनकपुरधाम आएका छन् ।