Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

शेखर समूहद्वारा आन्दोलन घोषणा, पार्टी बाहेकका उम्मेदवारलाई भोट नदिने!

By साझासवाल

असोज १०, काठमाडौं | नेपाली कांग्रेसको असन्तुष्ट पक्षको भेलाले आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ।

कांग्रेस नेता डा. शेखर कोइराला समूहको सोमबार ठमेलमा बसेको बैठकले असोज १२ गते सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा धर्ना दिने निर्णय गरेको छ। त्यस्तै, असोज १३ गते बत्तिसपुतलीमा चियापान तथा विरोध सभा गर्ने र असोज १४ गतेभित्र समानुपातिक उम्मेदवारको बन्द सूची सच्याउन नेतृत्वलाई दबाब दिने निर्णय भएको एक नेताले जानकारी दिए।

त्यसपछि पनि माग पूरा नभए थप आन्दोलनका कार्यक्रम सार्वजनिक गरिने ती नेताले बताए। बैठकमा सहभागी केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले माग पूरा नभए पार्टी बाहेकका गठबन्धनका उम्मेदवारलाई भोट नदिने विषयमा छलफल भएको बताए।

समानुपातिकको बन्द सूचीमा डा. कोइराला–गगन थापा पक्षका जम्मा १३ जनाको नाम राखेपछि यो समूहले विरोध गर्दै आएको छ। यसअघि उनीहरूले नयाँ बानेश्वरमा बैठक गरेका थिए।