2026-06-13

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

स्वतन्त्रको चुनाव चिन्ह पानीको धारादेखि सुर्यमुखी फूलसम्म

असोज २७, काठमाडौं | प्रदेशसभा र प्रतिनिधिसभा सदस्यका लागि खोटाङमा स्वतन्त्र उम्मेदवारी दिएका उम्मेदवारले थरिथरिका चुनाव चिन्ह पाएका छन् । आगामी ४ मंसिरमा हुने प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनका लागि प्रदेशसभा (क) बाट गठबन्धन विरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका धर्मराज पोखरेलले पानीको धारा चुनाव चिन्ह पाएका छन् ।

टिकट वितरणमा असन्तुष्टि जनाउँदै पोखेरलसहित तीन जनाले गठबन्धनकै उम्मेदवारविरुद्ध स्वतन्त्र उम्मेदवारी दिएका थिए ।

प्रतिनिधिसभामा स्वतन्त्र उम्मेदवारी दिएका कांग्रेसका सर्वधन राई र प्रदेशसभा (क)मै स्वतन्त्र उम्मेदवारी दिएका सुवासकुमार पोखरेलले भने उम्मेदवारी फिर्ता लिएका छन् । प्रदेशसभा (क)मा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीका वीरवलकाजी राई उठेका छन् । धर्मराजको उम्मेदवारीको सिधा असर उनै वीरवलकाजीलाई परेको छ ।

गठबन्धनविरुद्ध उम्मेदवारी दिएकामा धर्मराज पाँच वर्षका लागि कांग्रेसबाट निष्काशनमा परिसकेका छन् । तर, उनले चुनाव चिन्ह पानीको धारा लिएर चुनावी अभियान थालिसकेका छन् । सिट बाँडफाँटमा असन्तुष्ट कांग्रेस धर्मराजलाई नै भोट मागिरहेका छन् । 

यस्तै, प्रतिनिधिसभा सदस्यमा स्वतन्त्र उम्मेदवारी दर्ता गरेका जयन्द्रकुमार राईले चुनाव चिन्ह सूर्यमुखी फूल पाएका छन् । प्रदेशसभा (क)बाट स्वतन्त्र उम्मेदवारी दिएका कुमारप्रसाद भट्टराईले चुनाव चिन्ह जेब्रा पाएका छन् । ६३ वर्षका भट्टराई प्रदेश र प्रतिनिधिसभा सदस्यका उम्मेदवारमध्ये सबैभन्दा ज्येष्ठ हुन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक विमानस्थलबाट अवैध विदेशी मुद्रासहित दुई जना बंगलादेशी नागरिक पक्राउ