कात्तिक १२, काठमाडौं । नेपाली कांग्रेसले आगामी ५ वर्षमा विधुतीय सवारी साधन (EV)को प्रयोग ५० प्रतिशत पुर्याउने चुनावी प्रतिवद्धता सार्वजनिक गरेको छ ।

प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन २०७९ को चुनावी संकल्प पत्रमा कांग्रेसले विधुतीय सवारीको प्रयोगलाई व्यापक बनाउने गरी महत्वाकांक्षी घोषणा गरेको हो ।

संकल्प पत्रमा सन् २०४५ सम्म (आगामी २३ वर्ष) मा शहरी यातायातमा खनिज ऊर्जा (डिजेल–पेट्रोल) को उपयोग शून्यमा झार्ने उल्लेख छ ।

नेपाललाई जलवायु उत्थानशील राष्ट्रको रुपमा चिनाउँदै अन्तर्राष्ट्रिय जलवायु वित्त अनुदान तथा सहुलियतपूर्ण ऋणका लागि अधिकतम पहल गर्ने र विपदका पूर्वसूचना प्रणालीको विकास गर्ने कांग्रेसको वाचा छ ।

वातावरणीय प्रभाव तथा विपद् जोखिम अध्ययन गरेर मात्र भौतिक पूर्वाधार निर्माण गर्दै जोखिमयुक्त वस्तीहरुको अध्ययन गरी त्यस्ता वस्तीहरुलाई सुरक्षित ठाउँमा स्थानान्तरण गरेर एकीकृत नमूना बस्ती बसाइने र शहरी क्षेत्रमा वृद्धवृद्धा र बालबालिकालाई केन्द्रमा राखेर हरित खुला पार्कहरुको निर्माणमा संघीय सरकारले विशेष कार्यक्रम ल्याउने कांग्रेसको प्रतिवद्धता छ ।

५ वर्षमा ५० प्रतिशत विद्युतीय गाडी पुर्याउने कांग्रेसको संकल्प