Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रधानमन्त्री आज भारत जाँदै, आधा दर्जन सम्झौता हुने

By साझासवाल 3 मिनेट पढाइ

भदौ ३०, नयाँ दिल्ली | प्रधानमन्त्री पुष्पकमल दाहाल आज भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गर्दैछन् । उनले भ्रमणको क्रममा आधा दर्जन दुई देशीय सहमती र समझदारीपत्रहरूमा हस्ताक्षर गर्नेछन ।

प्रधानमन्त्री दाहाल र भारतीय समकक्षी नरेन्द्र मोदीबीच शुक्रबार नयाँ दिल्लीस्थित हैदारावाद हाउसमा हुने द्विपक्षीय भेटवार्तापछि नेपाल र भारतीय उच्च अधिकारीले ती सहमति र समझदारीपत्रमा हस्ताक्षर गर्नेछन् ।

कुटनीतिक स्रोतका अनुसार दाहालको भ्रमणमा नेपाल-भारत मुजफ्फरपुर ढल्केवर प्रशारण लाइनबाट आयात-निर्यात हुने विद्युतका लागि भारतले हेटौडामा विद्युत प्रशारण शव स्टेसनमा ऋण सहयोग गर्ने सम्बन्धी सम्झौतामा हस्ताक्षर हुने भएको छ ।

नेपालको भूकम्पपछिको पुनर्निर्माणमा ७ सय ५० मिलियन अमेरिकी डलर  सहुलियत ऋण सहयोग उपलब्ध गराउने सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर हुने भएको छ। भारतले नेपालको हुलाकी राजमार्ग निर्माणका लागि परामर्सदाता उपलब्ध गराउने सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर हुने छ।