Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

ओलीले खुलाए जसपा र राप्रपासँग तालमेल गर्नुको कारण

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

कात्तिक २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धनले एमाले एक्लो भयो भन्दै प्रचार गरेपछि जनता समाजवादी पार्टी र राप्रपासँग तालमेल गरेको बताएका छन्।

शुक्रबार धरानको चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै ओलीले एमाले एक्लै नरहेको प्रमाणितका लागि तालमेल गरिएको बताएका हुन्।

‘कांग्रेस र माओवादीले एमाले एक्लै छ एक्लै छ भनेपछि त्यसो होइन भनेर देखाउनका निम्ति विदेशीको इशारामा नचल्ने पार्टीसँग हामीले तालमेल गर्‍यौं,’ ओलीले भने।

सत्ता गठबन्धनलाई उनले हुँडारको संज्ञा दिएका छन्।

‘गठबन्धनमा रहेका हुँडारहरूको जत्थाले चारतिरबाट सिध्याउन खोजे तर एमाले सिधिन्नेवाला छैन,’ ओलीले भने।

सत्ता गठबन्धनबाट बाहिरिएपछि एमालेले जसपासँग सहकार्य गरेको उनले बताए। एमालेसँगको सहकार्यपछि जसपा र राप्रपा राष्ट्रिय पार्टी बन्ने उनको भनाइ छ।