भदौ ३०, काठमाडौं ।  भारतको चार दिने औपचारिक भ्रमणमा गएका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भारतीय विदेशमन्त्री सुष्मा स्वराजले स्वागत गरेकी छन् ।

भारतको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय बिमानस्थलमा भारतीय बिदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्रीलाई स्वागत गरेकी छन् । प्रचण्डलाई प्रधानमन्त्री नरेन्द्र मोदीले नै स्वागत गर्ने भनिए पनि विदेशमन्त्री स्वराज स्वागतका लागि विभानस्थल पुगेकी थिइन् ।

भारतीय प्रधानमन्त्रीलाई नेपाल भ्रमणमा आउँदा प्रधानमन्त्री नै विमानस्थलमा स्वागत गर्न पुग्ने भए पनि भारतमा भने विदेशमन्त्रीले मात्रै स्वागत गर्ने गरेका छन् । प्रधानमन्त्री प्रचण्ड नेपाल वायु सेवा निगमको उडानबाट १२५ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै बिहान ११ बजे दिल्लीका लागि प्रस्थान गरेका थिए ।

चार दिनको भारत बसाईमा प्रधानमन्त्री प्रचण्डले भारतीय राष्ट्रपति, प्रधानमन्त्री लगायतसँग उच्चस्तरीय भेटघाट गर्नेछन् ।

प्रधानमन्त्री प्रचण्डलाई भारतीय बिदेशमन्त्रीको स्वागत