<p><b>मङ्सिर ५, काठमाडौँ | </b>काठमाडौँ-४ मा नेपाली कांग्रेसका महामन्त्री गगन थापाले झिनो अग्रता लिएका छन् ।<br></p><p>सोमबार दिउँसो सार्वजनिक मतपरिणाम अनुसार गगन थापाले ६६८ मत पाएका छन् भेन नेकपा एमालेका राजन भट्टराईले ६३३ मत पाएका छन् ।</p><p>त्यस्तै राप्रपाका उम्मेदवार ठाकुर मोहन श्रेष्ठले ६४, स्वतन्त्र उम्मेदवार अर्जुन कुमार प्रसाईले २८ र हाम्रो नेपाली पार्टीका उम्मेदवारले १९ मत पाए ।</p>
काठमाडौं-४ मा गगन थापालाई झिनो अग्रता
