Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

जितको शुभकामना दिँदै मेयर बालेनले भने : दिगो विकासका लागि सहकार्य आवश्यक छ

By साझासवाल

मंसिर ८, काठमाडौं | काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले काठमाडौं क्षेत्रबाट प्रतिनिधि सभामा निर्वाचित उमेदवारलाई बधाई दिएका छन्।  बिहिबार सामाजिक सञ्जालमा  निर्वाचित हुने उमेदवारको फोटोसहित स्टाटस राख्दै शुभकामना दिएका हुन्।

'देशभरीका मानिसहरूको प्रत्यक्ष सरोकारका धेरै विषयहरूमा काठमाडौं महानगर जोडिनु पर्ने अवस्था हुन्छ। काठमाडौं महानगरभित्रका समस्या, तिनको पहिचान र दिगो समाधानले देशभरि नै सकारात्मक उर्जा र उदाहरण प्रवाह गर्न सक्छन्', उनले लेखेका छन्। काठमाडौं महानगरको विकासका लागि महानगर एक्लैले गर्न नसक्ने उनले बताए।

उनले लेखेका छन्, ‘कतिपय समस्या, कार्यक्षेत्र र अधिकारहरू यसरी अन्तरसम्बन्धित हुन्छन् कि महानगरको एक्लो प्रयासले तिनको दिगो समाधान गर्न गाह्रो हुन्छ। खोला किनार व्यवस्थापन  , फोहोर व्यवस्थापन, बागमती, टुकुचा, धोबीखोला आदि समस्याहरूको समाधानका लागि संघीय सरकारको स्रोत साधन र सहकार्य आवश्यकता पर्दछ।’ काठमाडाैं महानगरलाई सुन्दर, स्वस्थ र समतामुलक बनाउन  सबैको साथ आवश्यक हुने  बताएका छन्।