2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रवि लामिछाने सहित यी ४३ जना पहिलो पटक छिर्दैछन् संसद

मङ्सिर ९, काठमाडौँ | प्रतिनिधि सभामा हालसम्म सार्वजनिक परिणामअनुसार ४३ जना नयाँ अनुहार चयन भएका छन्। नेपाली कांग्रेसबाट १२ जना, एमालेबाट १०, राष्ट्रिय स्वतन्त्र पार्टीका ७, माओवादी र राप्रपाबाट,३-३ जना चयन भएका हुन्। यस्तै स्वतन्त्र उम्मेदवारी दिएकाहरूबाट ३ जना र जसपा र जनमत पार्टीका, १-१ गरी ४३ नयाँ अनुहार चयन भएका हुन्।

नेपाली कांग्रेसबाट निर्वाचित हुने नयाँ अनुहारमध्ये भक्तपुर २ का दुर्लभ थापा पनि हुन्। उनले २४ हजार २ सय ३८ मत ल्याएका छन्। झापा १ बाट निर्वाचित कांग्रेस महामन्त्री विश्वकप्रकाश शर्मा पनि पहिलो पटक संसदमा चयन भएका हुन्। उनी ३९ हजार ६ सय २४ मत सहित निर्वाचित भए। काठमाडौं ५ बाट प्रदीप पौडेल १५ हजार २ सय ३७ मत सहित विजयी भए। यता गोरखा १ मा ३३ हजार ४ सय २८ मतसहित निर्वाचित भएका राजेन्द्र बजगाईं पनि पहिलो पटक सांसद चयन भएका हुन्।  नवलपुर-२ मा ३६ हजार १ सय ४ मत ल्याएका विष्णुकुमार कार्की पनि नयाँ हुन्।


सिन्धुली १ बाट निर्वाचित श्यामकुमार घिमिरे पनि पहिलो पटक संसद छिर्ने लागेका छन्। उनले ३० हजार ३९१ मत ल्याए। यस्तै सप्तरी ३ मा २६ हजार १ सय ६६ मत ल्याएर निर्वाचित भएका दिनेशकुमार यादव पनि नयाँ अनुहार हुन्। दैलेख २ का दिक्पालकुमार शाहले २० हजार १ सय ५८ मत ल्याएर संसदको पहिलो यात्रा सुनश्चित गरे। अछाम २ मा पुष्प शाह २३ हजार ५४ मत ल्याएर पहिलो पकट सांसदमा चयन भएका छन्। मुस्ताङका योगेश गौचन थकाली कांग्रेसका सबैभन्दा कान्छा सांसद बन्ने भएका छन्। उनी ३ हजार ९९२ मत सहित निर्वाचित भएका हुन्। यता काठमाडौं ३ बाट पहिलो पटक सांसद चयन भएका सन्तोष चालिसेले १४ हजार ३ सय ५८ मत ल्याए।

नेकपा एमालेबाट १० जना नयाँ अनुहार चयन भएका छन्। तीमध्ये मकवानपुर २ बाट ३४ हजार ९१६ मतसहित निर्वाचिन हुने महेश बर्तौला, कञ्चनपुर १ बाट २० हजार ९ सय ६९ मत ल्याएर निर्वाचित हुने तारा लामा तामाङ छन्। यस्तै, कास्की ३ बाट २२ हजार ९ सय ८० मतसहित निर्वाचित दामोदर पौडेल पनि पहिलो पटक सांसद बनेका हुन्। एमालेबाट पहिलो पटक सांसद बन्ने सूचीमा बाँके १ का सूर्यप्रसाद ढकाल पनि छन्। उनले २५ हजार २६ मत ल्याएका छन्। यता, सिराहा १ का रामशंकर यादव पनि पहिलो पटक सांसद चयन भएका हुन्। उनले २९ हजार ४ सय ४२ मत ल्याएका छन्।

एमालेका नयाँ अनुहारमा सोलुखुम्बुबाट १९ हजार ३ सय २४ मत ल्याएर निर्वाचित हुने मानवीर राई पनि छन्। यस्तै, रूपन्देही-५ बाट ३६ हजार ८८२ मत ल्याएर निर्वाचित बासुदेव घिमिरे पनि पहिलो पटक सांसद बनेका हुन्। प्युठानबाट ४१ हजार १८ मत ल्याएर सूर्य थापा पहिलो पटक सांसद बनेका छन् भने पर्सा ३ का राजकुमार गुप्ता २४ हजार २ सय ६० मतसहित पहिलो पटक सांसद चयन भएका छन्। यो सूचीमा ललितपुर-२ का प्रेमलाल महर्जन पनि छन्। उनले १५ हजार २५ मत ल्याएका छन्। 

राष्ट्रिय स्वतन्त्र पार्टीका सात जना पहिलो पटक संसदमा आएका हुन्। सभापति रवि लामिछाने चितवन २ बाट ४९२६४ मतसहित निर्वाचित भए। यस्तै, चितवन १ बाट निर्वाचित हरि ढकालले ३४ हजार १ सय ८९ मत ल्याए भने काठमाडौं २ बाट सोविता गौतम १५ हजार २२९ मतसहित निर्वाचित भइन्।

यता, काठमाडौं ६ बाट शिशिर खनाल १४ हजार २०४ मत ल्याएर पहिलो पटक सांसद बने भने काठमाडौं ७ बाट ८ हजार ७ सय ४३ मत ल्याउने गणेश पराजुली पनि यो सूचीमा छन्। यस्तै काठमाडौं ८ बाट विराजभक्त श्रेष्ठ १० हजार १०५ मत ल्याएर निर्वाचित हुँदै पहिलो पटक संसद छिर्दैछन्। यता ललितपुर-३ की तोसिमा कार्की पनि यो सूचीमा अटाएकी छिन्। कार्की ३१ हजार १ सय ३६ मतसहित निर्वाचित भएकी हुन्। 

माओवादी केन्द्रबाट पहिलो पटक सांसद बन्ने सूचीमा सिन्धुली-२ का लेखनाथ दाहाल छन्। उनी २७ हजार ५ सय १७ मतसहित निर्वाचित भएका हुन्। यस्तै सिन्धुपाल्चोक १ बाट ३० हजार ३ सय ४७ मत ल्याएका माधव सापकोटा पनि पहिलो पटक संसद छिर्ने व्यक्ति हुन्। यता, १२ हजार २ सय ६२ मत सहित निर्वाचित भएका पूर्णबहादुर घर्तीमगर पनि माओवादी केन्द्रबाट पहिलोपटक प्रतिनिधि सभामा चयन भएका व्यक्ति हुन्।

राष्ट्रिय प्रजातन्त्र पार्टीबाट पनि तीन जना पहिलोपटक प्रतिनिधि सभामा चयन भएका छन्। बाँके-२ बाट २९ हजार ५ सय ७७ मतसहित निर्वाचित धवलशमशेर राणा, ३४ हजार ९ सय ५९ मतसहित नवलपुर २ बाट निर्वाचित ध्रुव प्रधान पहिलो पटक सांसद चयन भएका हुन्। यो सूचीमा मकवानपुर-१ का दीपककुमार सिंह पनि छन्। उनले २७ हजार ८ सय १६ मत ल्याए।

नागरिक उन्मुक्ति पार्टीबाट २ जना पहिलो पटक संसद प्रवेश गर्दैछन्। कैलालीका १ र ३ बाट दुई जना निर्वाचित भएका छन्। कैलाली १ बाट ३० हजार १ सय ४ सहित रञ्जिता श्रेष्ठ निर्वाचित भइन् भने कैलाली-३ बाट गंगाराम चौधरी २३ हजार १ सय २० मतसहित सांसद चयन भए।

जनमत पार्टीका अध्यक्ष सिके राउन सप्तरी २ बाट निर्वाचित भएर पहिलो पटक संसद प्रवेश गर्दैछन्। उनले ३५ हजार ४२ मत ल्याए। यस्तै, सर्लाही १ मा जनता समाजवादी पार्टीबाट २४ हजार ८ सय ३८ मत सहित निर्वाचित रामप्रकाश चौधरी पनि प्रतिनिधि सभाका नयाँ अनुहार हुन्।

स्वतन्त्र उम्मेदवारी दिएर निर्वाचित तीन जना पनि पहिलो पटक सांसद भएका छन्। बर्दिया-२ का लालवीर चौधरी २६ हजार ५ सय २० मत सहित पहिलो पटक निर्वाचित भएका हुन्। यता, रौतहट-२ का कुमार साह पनि ३२ हजार ८ सय ४३ मत सहित सांसद बने। यस्तै, २१ हजार ८ सय २० सहित मोरङ ५ बाट निर्वाचित योगेन्द्र मण्डल पनि पहिलो पटक सांसद बनेका हुन्। 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक