Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

गैंडा मृत भेटियो

By साझासवाल

<p><b>मङ्सिर १९, काठमाडौँ | </b>चितवन राष्ट्रिय निकुञ्जको पश्चिम क्षेत्रमा एउटा गैंडा मृत भेटिएको छ । नवलपुरको अमलटारी क्षेत्रको गुन्द्रइढाका सामुदायिक वनमा भाले गैंडा मृत अवस्थामा भेटिएको निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीले जानकारी दिनुभयो ।&nbsp;<br></p><p>उहाँका अनुसार गैंडाको खाग र खुर सुरक्षित छ । मृत गैंडा भेटिएको स्थानमा निकुञ्जको प्राविधिक टोली अनुसन्धानका लागि गएको छ । गैंडा बुढो भएर मरेको अनुमान गरिएको छ ।&nbsp;</p>