Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

पहिलो चुनावमै राष्ट्रिय दल बनेको जनमत पार्टीले छानेका पाँच समानुपातिक सांसदको विगत के हो?

By साझासवाल

मङ्सिर २६, काठमाडौँ | सिके राउत नेतृत्वको जनमत पार्टी पहिलो चुनावमै राष्ट्रिय पार्टी बनेको छ। यो पार्टीबाट राउतमात्रै प्रत्यक्ष निर्वाचित भएका छन्। उनले सप्तरी २ मा जसपा अध्यक्ष उपेन्द्र यादवलाई हराएका छन्।

समानुपातिकतर्फ जनमत पार्टीले प्रतिनिधि सभामा पाँच जना सांसद  पाएको छ। जनमत पार्टीका तर्फबाट सांसद सिफारिस भएका ५ जनाको पृष्ठभुमि यस्तो छ।

१.अनिता साह

अनिता साह जनमत पार्टीको सचिव हुन्। धनुषाकी साह जनमत पार्टीमा लाग्नुभन्दा पहिला गैरसरकारी संस्था र समाजसेवामा सक्रिय थिइन्। स्थानीय तहको निर्वाचनमा उनी जनकपुर उपमहानगरको मेयरमा पराजित भएकी हुन्।

२. सोनु मुर्मुर

सोनु मुर्मुर ११ वर्षदेखि सिके राउतको अभियानमा सक्रिय छन्। स्वतन्त्र मधेस गठबन्धनमा आवद्ध सोनु मुर्मुरकै पहलमा २०६९ सालमा सिके राउतलाई मोरङमा बोलाइएको थियो। त्यही बेला राउत पहिलो पटक गिरफ्तारीमा परेका हुन्।

३.अब्दुल खान

अबदुल खान जनमत पार्टीका उपाध्यक्ष हुन्। उनी सिके राउतको अभियानमा सुरूदेखि सक्रिय थिए। बर्दियाका खान पार्टी प्रशिक्षकका रूपमा समेत कार्यरत छन्।

४. विनिताकुमारी सिंह दनुवार

विनिताकुमारी सिंह दनुवार पनि सिराहामा सिके राउतकै अभियामा सुरूदेखि सक्रिय हुन्। उनी पार्टीको कुनै भूमिकामा छैनन्। सिराहामा किसान आन्दोलनको नेतृत्व गरेर उनले चर्चा कमाएकी थिइन्।

५. गोमा लाभ सापकोटा

महोत्तरीकी गोमा लाभ सापकोटा स्थानीय चुनाव अघि जनमत पार्टीमा आबद्ध भएकी हुन्। उनी खस आर्यको कलष्टरबाट सांसद बनेकी हुन्। उनी स्थानीय निर्वाचनमा महोत्तरी गाँउपालिका उपाध्यक्षमा पराजित भएकी हुन्।