मङ्सिर २८, काठमाडौँ | ब्राजिलका युवा फरवार्ड रिचार्लिसनले ढाडमा आफ्नै देशका सिनियर खेलाडीहरू रोनाल्डो, नेयमारसँगै आफ्नो अनुहार देखिने ट्याटु खोपेका छन्।

कतारमा जारी विश्वकप फुटबलको क्वार्टरफाइनलमा क्रोएसियासँग पराजित भएर घर फर्किएका रिचार्लिसनले सम्मानस्वरूप उनीहरूको ट्याटु खोपेको बताएका छन्। आफ्नो ढाडमा खोपेको ट्याटु उनले मंगलबार इन्टाग्राममार्फत सार्वजनिक गरेका थिए।

नेयमार अझै आफ्नो करियरको पहिलो विश्वकप विजेता बन्ने खोजीमा छन्। रोनाल्डोले सन् २००२ मा ब्राजिललाई विश्वकप जिताएका थिए।

जारी विश्वकपमा रिचार्लिसनले तीन गोल गरेका छन्।

रिचार्लिसनले ढाडमा खोपे रोनाल्डो र नेयमारको ट्याटु