2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विश्वकप २०२६ को फर्म्याटबारे पुनर्विचार गर्दै फिफा

पुस १, काठमाडौँ | जारी विश्वकप फुटबलको समूह चरण अहिलेसम्मकै सर्वाधिक रोमाञ्चक थियो । फिफा विश्वकपमा चार टिम सम्मिलित समूह चरण परीक्षणबाट प्रमाणित भइसकेको व्यवस्था हो । तर अन्तर्राष्ट्रिय फुटबल महासंघ फिफा यसलाई पूर्ण रुपमा समाप्त पार्ने योजनामा छ । फिफाको यो सम्भावित कदमको ठूलो विरोध भइरहेको छ ।


सन् २०२६ मा उत्तर अमेरिकामा आयोजना हुने विश्वकपमा फिफाले ४८ टिम समावेश गर्ने तयारी गरेको छ । ४८ टिम सहभागी हुँदा तीन टिम सहभागी १६ समूह बनाउने र समुह चरणका विजेता र उपविजेता गरी ३२ टिमलाई नकआउट चरणमा लैजाने उनीहरुको प्रारम्भिक योजना हो ।

यसो गर्दा समूह चरणमा एक मृत खेलको जोखिम बढाउनेछ र अनावश्यक विवादलाई बढावा दिने आलोचकको तर्क छ । समूह चरणमा हरेक समूहबाट दुई टिम अर्को चरणमा प्रवेश गर्दा प्रतियोगिताका खेलहरु आश्चर्यजनक रुपमा सुस्त देखिने सम्भावना छ । त्यहाँ गैरखेलकुद व्यवहारको पनि आशंका गर्ने ठाउँ हुनेछ । जस्तैः एउटा समूहको अन्तिम खेलमा दुई टिम आमनेसामने हुँदै दुवैले आफ्नो पहिलो खेल जितेर नकआउट चरणमा पुगिसकेको स्थिति छ भने त्यो खेल निरश हुनसक्छ । त्यसैले विश्व फुटबलको नियामक निकाय फिफाले आसन्न विश्वकपको प्रारुपबारे पुनर्विचार गर्न लागेको छ । सन् २०२६ को विश्वकप अमेरिका, क्यानडा र मेक्सिकोले संयुक्त रुपमा आयोजना गर्दैछन् ।

फिफाले यो वर्षको सुरुवातमा आफूहरु सम्भावित कृतिम परिणामको बारेमा पनि चिन्तित रहेको स्वीकारेको थियो । समूहको अन्तिम खेल एउटा टिमले नखेल्दा बाँकी दुई टिम सकारात्मक परिणामका लागि प्रयास गर्नेछन् भन्ने उनीहरुको दावी थियो ।

आगामी विश्वकपको प्रारुपमा समूह चरणपछि ४८ टिमबाट घटेर ३२ टिम रहन्छन् । त्यसपछि प्रतियोगितामा नकआउट चरण सुरु हुनेछ । विश्वकपका लागि बैकल्पिक फर्म्याटबारे फिफाको क्याविनेट र फिफा परिषदले अर्को वर्ष निर्णय गर्नेछ । फिफाका ग्लोबल फुटबल विकास प्रमुख आर्सेन विंगरका अनुसार आसन्न विश्वकपका लागि थप दुई प्रारुप तयार भएका छन् । पहिलो– चार टिम सम्मिलित १२ समूह बनाउने । समूहको शीर्ष २ र ८ वटा उत्कृष्ट तेस्रो टिमलाई नकआटउ चरणमा लैजाने ।

वा, दोस्रो– विश्वकपमा सहभागी टिमलाई २४/२४ का दरले छुट्टाछुट्टै प्रतिस्पर्धा गराउने । दुवैमा चार टिम राखेर ६ समूह बनाउने । दुवै स्पर्धाका विजेताबीच फाइनल खेलाउने । कतार विश्वकपको समूह चरणमा रोमाञ्चक, नाटकीय र आश्चर्यजनक नतिजा देखिएसँगै यी दुई प्रस्तावहरु अघिल्लोको तुलनामा बढी व्यावहारिक देखिन्छन् । तर, यसको मतलव विश्वकपमा खेलको संख्या निकै बढी हुनेछ । कतार विश्वकपमा ३२ टिम सहभागी हुँदा ६४ खेल २९ दिनमा सम्पन्न गर्न सकिन्थ्यो । फिफाले पहिलो प्रस्तावअनुसार ८० खेल ३२ दिनमा सम्पन्न गर्न सकिने बताइएको थियो । चार टिम सम्मिलित समूह चरण हुँदा विश्वकपमा कुल १०४ खेल हुनेछन् । यसका लागि अहिलेकोभन्दा कम्तिमा एक साता समय बढाउनुपर्ने हुन्छ ।

विश्वकपको टेलिभिजन प्रशारण अधिकार बेचेर फिफाले हरेक संस्करणमा मनग्ये आम्दानी गर्दै आएको छ । धेरै खेल हुँदा उसको आर्थिक उपार्जनको दृष्टिमा फाइदा हुनेछ । विश्वकप प्रशारण अधिकारको आम्दानीले फिफाले ९० प्रतिशत अर्थव्यवस्था धानिरहेको छ । कतार विश्वकपको प्रशारण अधिकारबाट फिफाले ७.५ विलियन अमेरिकी डलर आम्दानी गरेको छ । यो रकम चार वर्षअघि रुस विश्वकपभन्दा एक विलियनले बढी हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन