पुस ७, काठमाडौँ | राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहेको बताएका छन् ।

प्रतिनिधिसभा सदस्यको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै लिङ्देनले भने, ‘कांग्रेस र एमाले मिलेर सरकार बनाए स्थिरता हुन्थ्यो, हामी प्रतिपक्षमा बस्थ्यौं ।’

यो नभए अहिलेकै सत्ता गठबन्धनको सरकार बनोस् भन्ने चाहेको उनले सुनाए ।

राप्रपा सरकारमा जान्छ कि जाँदैन भन्ने प्रश्नमा उनले आवश्यक प¥यो भने छलफल गर्ने बताए । तर अकारण सरकारमा नजाने उनले बताए ।

December 22, 2022
काठमाडौँ - KTM, राजनीति
राजेन्द्र लिङ्देन भन्छन्– कांग्रेस र एमाले मिलेर सरकार बनाउन् भन्ने चाहना छ
By साझासवाल
2 मिनेट पढाइ