<p><b>पुस ९, काठमाडौं |</b> नयाँ सरकार गठनबारे प्रधानमन्त्री शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता हुने भएको छ । आज प्रधानमन्त्री निवास बालुवाटारमा देउवा र प्रचण्डबीच भेटवार्ता हुने भएको हो ।</p><p>हिजो अपरान्हसम्म बसेको बैठक निष्कर्षविहीन टुंगिएपछि आज पुनः बस्न लागेको हो ।</p><p>सरकारको नेतृत्व कसले गर्ने भन्ने विषयमा कुरा नमिलेपछि हिजोको बैठक निष्कर्षविहीन टुंगिएको थियो । यहीँ विषयमा आज पनि छलफल हुने भएको छ ।</p><p>स्रोतका अनुसार सरकारको नेतृत्व दुवैले दाबी गरेपछि बैठक निष्कर्षविहीन भएको थियो । नयाँ सरकार गठनका लागि राष्ट्रपतिले दिएको समय आइतबार साँझ सकिँदै छ ।</p>
December 24, 2022
काठमाडौँ - KTM, राजनीति
बालुवाटारमा आज नयाँ सरकार गठनबारे देउवा-प्रचण्डबीच भेटवार्ता हुँदै
By साझासवाल
2 मिनेट पढाइ










