पुस १०, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)ले नेकपा (एमाले)सँग मिलेर गठबन्धन नगर्ने बताएको छ ।

पार्टी उपमहासचिव तथा प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले आफूहरू नेकपा (माओवादी केन्द्र) सँगै पछि लागेर बालकोट गएर नयाँ गठबन्धन नगर्ने जानकारी दिए ।

“हामीसँग सल्लाह नगरी उहाँ बालकोट जानुभएको हो । बालकोट जाँदैमा नयाँ समीकरण र सरकार बन्छ भन्ने ग्यारेन्टी छैन,” उनले भने ।

प्रचण्ड वर्तमान गठबन्धन छाडेर एमालेसँग मिल्न गएपछि नेकपा (एस)को शीर्ष नेताहरुको अनौपचारिक बैठक बसेको छ । बैठकले बालकोट गएर संवाद गर्दैमा एमाले–माओवादी सरकार बन्ने ग्यारेन्टी नभएको निष्कर्ष निकालेको छ ।

एकीकृत समाजवादीको प्रतिक्रिया : माओवादी बालकोट जाँदैमा सरकार बन्दैन, हामी जाँदैनौँ