Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

माओवादी छाडेर एमाले बनेकी ज्वालाकुमारी प्रचण्डको मन्त्रीमण्डलमा

By साझासवाल

पुस ११, काठमाडौँ । नेकपाको फुटसँगै माओवादीबाट एमालेमा गएकी ज्वालाकुमारी साह प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको सरकारमा मन्त्री बनेकी छन्।

नवनिर्वाचित प्रधानमन्त्री प्रचण्डको नेतृत्वमा ८ सदस्य मन्त्रीमण्डल गठन भएको छ। सोमबार राष्ट्रपतिको कार्यालयमा भएको सपथ ग्रहण कार्यक्रममा प्रधानमन्त्री प्रचण्डसँगै मन्त्री साहले पनि राष्ट्रपति विद्यादेवी भण्डारीसामु सपथ लिएकी छन्। मन्त्री शाहको कार्यभार भने तोकिएको छैन।

उनीसँगै उपप्रधानमन्त्री तथा अर्थमन्त्रीमा विष्णु पौडेल, उपप्रधानमन्त्री तथा भौतिक मन्त्रालयमा नारायणकाजी श्रेष्ठ, उपप्रधानमन्त्री तथा गृहमन्त्रालयमा रवि लामिछाने नियुक्त भएका छन्।

यस्तै, अन्य मन्त्रीहरुमा दामोदर भण्डारी, र राजेन्द्र राई जनमत पार्टीबाट अब्दुल्ल खानले शपथ लिएका छन्। पप्रधानमन्त्री बाहेक अन्य मन्त्रीहरुलाई भने कार्यभार तोकिएको छैन।

भर्खरै सम्पन्न प्रतिनिधि सभा निर्वाचनमा साह बारा- ३ बाट विजयी भएकी हुन्। उनी एमालेको पोलिटब्यूरो सदस्य हुन्।