Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

मन्त्रालयमा सचिव सिंह मन्त्रि रवि भन्दा ढिला पुगेपछि…

By साझासवाल 2 मिनेट पढाइ

पुस १२, काठमाडौँ । उपप्रधान तथा गृहमन्त्री रवि लामिछाने मंगलवार बिहान साढे ९ बजे मन्त्रालय पुगेका छन् ।

कार्यालय खुल्ने समय १० बजे भए पनि उनी आधा घण्टाअघि नै मन्त्रालय पुगेका हुन् ।

मन्त्री रविले सोमवार पद तथा गोपनीयताको शपथ लिएर कार्यभार सम्हालेका थिए । गृह मन्त्रालयका सचिव विनोदप्रकाश सिंह मन्त्रीभन्दा ढिलो हाजिर भएका छन् । सचिव सिंह बिहान ९ः५० बजे मन्त्रालय पुगेका छन् ।

मन्त्री पहिल्यै आएर बसेपछि अन्य कर्मचारीले समेत हतारहतार मन्त्रालय आएर हाजिर गरेका छन् । मन्त्रीको कार्यकक्षबाहिर पुष्पगुच्छा लिएर केही व्यक्ति बधाई दिन आएका छन् ।