२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

रास्वपाले विज्ञताका आधारमा मन्त्री पठाउने, यी हुन् प्रमुख दाबेदार

२०७९, १२ पुष मंगलवार ०८:१८

पुस १२, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारमा पठाउने आफ्ना मन्त्रीहरूबारे आन्तरिक तयारी सुरु गरेको छ । अन्य पार्टीहरूले गुटगत भागबण्डाका आधारमा मन्त्री सिफारिस गर्ने प्रचलन गरे पनि रास्वपाले भने सांसदहरूको विज्ञता हेरेर निर्णय लिने स्रोतले बतायो ।

७ वटा पार्टीको समर्थनमा बनेको प्रचण्ड सरकारमा कुन पार्टीलाई कति मन्त्रालय दिने भन्ने टुंगो लागिसकेको छैन । सरकारलाई समर्थन गरेकामध्ये राप्रपा र नागरिक उन्मुक्ति पार्टीले तत्काल सरकारमा नजाने निर्णय गरेका छन् । बाँकी ५ पार्टीलाई २५ वटा मन्त्रालय भाग लगाउनुपर्ने छ ।


५ वटा पार्टी सरकारमा सहभागी हुँदा संसदभित्र चौथो शक्तिको हैसियतमा रहेको रास्वपाले ५ वटा मन्त्रालयमा दाबी प्रस्तुत गर्ने स्रोत बताउँछ । पार्टीको रुचि ‘मालदार’ भन्दा पनि जनतासँग प्रत्यक्ष जोडिने कामकाजी मन्त्रालयमा छ । गृहपछि शिक्षा, स्वास्थ्य, उद्योग, कृषि र कानून रास्वपाले चाहेका मन्त्रालय हुन् । यदि ती मन्त्रालय पाएको खण्डमा पार्टीबाट को–को मन्त्री हुने भन्ने स्पष्टै छ ।

‘हाम्रो पार्टीमा को वरिष्ठ को कनिष्ठ भन्ने छैन । सबैजसो युवा भएकाले उमेरको प्रश्न पनि छैन । गुट पनि मिलाउनु छैन । हामी केवल विज्ञता हेर्नेछौँ,’ स्रोतले भन्यो ।

स्रोतका अनुसार स्वास्थ्य मन्त्रालय पाएको अवस्थामा डा. तोसीमा कार्कीले अवसर पाउनेछिन् । पेसाले आफैँ चिकित्सक रहेको, प्रत्यक्षमा लोकप्रिय मतसहित चुनाव जितेको, तथा चुनावअघि देखि नै स्वास्थ्य मन्त्रालय हाँक्ने आत्मविश्वास प्रस्तुत गरेकाले सो मन्त्रालयमा उनलाई पठाउने निधो गरिएको हो ।

त्यसो त राप्रपामा प्रत्यक्ष समानुपातिकतर्फबाट पनि दुई जना चिकित्सक डा. चन्दा कार्की र डा. ढाकाकुमार श्रेष्ठ निर्वाचित भएका छन् । तर, उनीहरूको तुलनामा तोसीमाको दाबेदारी बलियो छ । उनी स्वास्थ्य मन्त्री बन्नेमा ढुक्क भएर बसेकी छन् । उनी ललितपुर ३ बाट निर्वाचित सांसद हुन् । स्वास्थ्यमा यदि राज्यमन्त्री पनि पाएको खण्डमा चन्दा र ढाकामध्ये एक जनाले अवसर पाउनेछन् ।

यदि शिक्षा मन्त्रालय पाएको खण्डमा पनि कसलाई मन्त्री बनाउने भन्नेमा रास्वपाभित्र द्विविधा छैन । स्रोतका अनुसार पार्टीले काठमाडौं ६ बाट चुनाव जितेका शिशिर खनाललाई शिक्षामा पठाइने छ । खनाल शिक्षा क्षेत्रमा लामो अनुभव संगालेका अभियन्ता भएका कारण उनी निर्विकल्प देखिएका हुन् ।

रास्वपाबाट मन्त्री बन्न सक्ने अर्की दाबेदार शोभिता गौतम हुन् । यसपालिको चुनावकी एक चर्चित उम्मेदवार शोभिता काठमाडौं २ बाट विजयी बनेकी थिइन् । यदि रास्वपाले कानून मन्त्रालय पाएको खण्डमा कानूनको विद्यार्थी भएको हिसाबले उनलाई सरकारमा पठाइने छ ।

यदि पर्यटन र संस्कृति मन्त्रालय पार्टीको भागमा आयो भने विराजभक्त श्रेष्ठ र डीपी अर्यालमध्ये एक जनाको ढोका खुल्ने छ । काठमाडौं–८ बाट विजयी श्रेष्ठ संस्कृति र सम्पदा क्षेत्रका सक्रिय अभियन्ता हुन् ।

समानुपातिकबाट निर्वाचित अर्याल रास्वपाका उपसभापति हुन् । अनुभवी पर्यटन व्यवसायी भएको कारणले पर्यटन मन्त्रालय पाए उनको पनि दाबेदारी रहनेछ । यस्तै, सञ्चार मन्त्रालय पाएको खण्डमा शोभिता गौतम र मनिष झाले आफ्नो दाबी प्रस्तुत गर्न सक्छन् । झा समानुपातिक सांसद हुन् ।

उद्योग र कृषि पाएको खण्डमा कसलाई पठाउने भन्ने चाहिँ निश्चित भइसकेको छैन । ती मन्त्रालयमा पनि विज्ञतालाई मानक बनाइने भएको छ । रास्वपाले आफूभित्र विज्ञता नभएका परराष्ट्र, रक्षा, वनलगायतका मन्त्रालय इच्छा देखाएको छैन ।

प्रत्यक्ष चुनाव जितेकाहरूलाई प्राथमिकतामा राखिरहँदा समानुपातिकतर्फ बढीमा दुई जना मात्रै मन्त्री बन्ने देखिन्छ । पार्टीले जनजीविकासँग जोडिएका मुद्दाहरूलाई मुख्य प्राथमिकता दिएर अघि बढ्ने रणनीति लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ