पुस १४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले कुनै पार्टीसँग एकताको सम्भावनालाई खारेज गरेका छन् ।

नेकपा एस एमालेमा समाहित हुनेगरी छलफल चलिरहेको बेला प्रचार विभाग प्रमुख समेत रहेका खतिवडाले बजार हल्लाको भ्रममा नपर्न भनेका छन् । उनले बिहीबार वक्तव्यमार्फत पार्टी सुदृढिकरणको योजना बनाइरहेको भन्दै तत्कामलै पार्टीका बैठकहरु आयोजना हुने बताएका छन् ।

उनले प्रचण्ड नेतृत्वकाे सरकारमा जाने कि नजाने भन्ने विषयमा पनि पार्टीले निर्णय नगरेको प्रष्ट पारेका छन् ।

December 29, 2022
काठमाडौँ - KTM, राजनीति
कुनै पार्टीसँग एकता हुँदैन, सरकारमा जानेबारे निर्णय भएको छैन: प्रवक्ता खतिवडा
By साझासवाल
2 मिनेट पढाइ