Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

गृहमन्त्री लामिछाने र राप्रपा अध्यक्ष लिङदेनसँग प्रधानमन्त्री प्रचण्डको छलफल

By साझासवाल 3 मिनेट पढाइ

पुस २०, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्षसमेत रहेका गृहमन्त्री रवि लामिछाने तथा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनसँग छलफल गरेका छन्।

प्रधानमन्त्रीलाई भेट्न गृहमन्त्री लामिछाने र राप्रपा अध्यक्ष लिङदेन बालुवाटार पुगेका थिए। पुस २६ गते विश्वासको मत लिने तयारी गरिरहेका प्रधानमन्त्री प्रचण्डले सत्ता साझेदार दलसँगको छलफललाई तीव्रता दिइ रहेका छन्। यही क्रममा बुधबार उनले दुई सत्ता साझेदार दलका अध्यक्षसँग छलफल गरेको प्रधानमन्त्री सचिवालय स्रोतले जनाएको छ।

प्रधानमन्त्री प्रचण्डले उनीहरूसँग मन्त्रिमण्डल विस्तार, सरकारले ल्याउने तयारी गरेको साझा कार्यक्रमलगायतका समसामयिक विषयमा छलफल गरेका थिए।

यसअघि प्रधानमन्त्री प्रचण्डले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँगको भेटमा सरकारलाई समर्थन गर्न आग्रह गरेका थिए। सिंहदरवारमा भएको भेटमा समसामयिक राजनीतिक घटनाक्रमका विषयमा पनि छलफल भएको थियो। सरकारमा सहभागिताका बारेमा दुई नेताबीच छलफल भए पनि नेकपा एकीकृत समाजवादीले सरकारमा सहभागिता बारे निर्णय गरेको छैन। सरकारमा सहभागी हुने नहुने निर्णय गर्न सचिवालयलाई जिम्मेवारी दिएको छ।