2026-06-17 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

काँग्रेसबाट लिङ्देनलाई प्रधानमन्त्रीको अफर ! अनैतिक खेलमा नलाग्ने राप्रपाको जवाफ

पुस २२, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारलाई विश्वासको मत नदिन प्रमुख प्रतिपक्षी दल नोपाली काँग्रेसले विभिन्न दलहरुसँग लविङ थालेको छ ।

नेपाली काँग्रेसको सभापति स्वयम र अन्य नेताहरु मार्फत प्रचण्ड नेतृत्वको सरकार ढाल्न काँग्रेस लागि परेको हो । जसका लागि काँग्रेसले राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपा र जनता समाजवादीसँग छलफल गरिरहेको बुझिएको छ ।


प्रधानमन्त्री प्रचण्डले यही पुस २६ गते विश्वासको मत लिँदैछन् । उनले विश्वासको मत नपाए सरकार ढल्छ । सोही प्रयासका लागि काँग्रेसले हाल सत्ता गठबन्धनमै रहेका दलहरुलाई फुत्काएर सरकार बाहिर ल्याउने प्रयास गरिरहेको हो ।

स्रोतका अनुसार काँग्रेसले सत्ता गठबन्धन छाडेर आए राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई प्रधानमन्त्रीको अफरसमेत दिइसकेको छ ।

काँग्रेसले राप्रपासँग बिहीबार मात्रै उक्त विषयमा छलफल गरेको थियो । त्यस्तै देउवाले शुक्रबार नै जनता समाजवादीका अअध्यक्ष उपेन्द्र यादवसँग पनि छलफल गरेका थिए । तर यादवले देउवाको भनाइमा काँग्रेसले पनि प्रचण्ड नेतृत्वको सरकारलाई नै विश्वासको मत दिएर राष्ट्रिय सहमतिको सरकार बनाउनु पर्ने जवाफ दिएको जनाइएको छ ।

उता राप्रपालाई भने प्रधानमन्त्रीसहित चारवटा मन्त्रालय दिन सकिने भनेर कांग्रेसबाट प्रस्ताव काँग्रेसबाटै गएको थियो ।

जसको जवाफमा राप्रपाले अनैतिक खेलमा नलाग्ने भनेको बुझिएको छ । जस्तोसुकै प्रस्तावहरु आएपनि राप्रापले परिपक्व निर्णय गर्ने नेताहरुले प्रतिकृया दिएका छन् ।

प्रचण्ड काँग्रेससँगको गठबन्धन तोडेर एमालेसहितको ७ दलको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । उनी विश्वासको मत पाउने वातावरण बनाउनमा प्रयत्नशील छन् ।

माओवादीका नेताहरुले स्वयम् काँग्रेसलाई पनि प्रचण्डलाई विश्वासको मत दिन आग्रह गरिरहेका छन् ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
११ वर्षअघि एक व्यक्तिको अपहरण पछि हत्या गरी फरार रहेका दुई जना पक्राउ हामी बजेट त बनाउँछौँ, तर खर्च गर्न सक्दैनौँ : हर्कराज राई चालु आर्थिक वर्षको ११ महिनामा १० खर्ब ७९ अर्ब राजस्व सङ्कलन प्रतिनिधिसभा बैठकमा मन्त्रालयगत बजेटमाथि छलफल जारी नेप्से परिसूचक ६.३१ अंकले घट्यो जेठ महिनामा ६१ हजार नेपालीले लिए विदेश जान श्रम स्वीकृति, मलेसिया जाने सबैभन्दा बढी प्रतिनिधिसभाको बैठक १५ मिनेटका लागि स्थगित विनियोजन विधेयकमाथिको छलफलमा खर्च कटौतीका प्रस्ताव प्रस्तुत बाल्टिनको पानीमा डुबेर साढे २ वर्षीय बालकको मृत्यु घरको छतबाट खसेर एक जनाको मृत्यु प्रतिनिधिसभाको बैठक सुरु सुनको मूल्य बढ्दा घट्यो चाँदीको मूल्य राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै भारतको बाटो हुँदै वैदेशिक रोजगारमा उडान: नेपाललाई दैनिक करोडौं क्षति, विभागले माग्यो उडान विवरण कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ