Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

भारतमा छात्रवृत्ति मिलाइदिन्छु भनेर ८ लाख ठगी, युवक पक्राउ

By साझासवाल

पुस २४, काठमाडौँ | भारतमा इन्जिनियरिङ पढाइका लागि छात्रवृत्ति मिलाइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको आरोपमा प्रहरीले सिरहा कल्याणपुर नगरपालिका–१० का सन्तोष मण्डललाई पक्राउ गरेको छ ।

इन्डो ग्लोबल कन्सल्टेन्सीको सञ्चालक बताउने उनले भारतको दिल्ली टेक्नोलोजिकल युनिभर्सिटीमा भर्ना गराइदिन्छु भनी ८ लाख रुपैयाँ ठगी गरेको उजुरी परेपछि पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।

छात्रवृत्तिमा इन्जिनियरिङ पढ्न पाइने भन्दै २७ वर्षका मण्डलले पीडितबाट पटक पटक गरी ८ लाख रुपैयाँ ठगी गरेर सम्पर्कविहीन भएको अपराध अनुसन्धान कार्यालयका सूचना अधिकारी प्रहरी उपरीक्षक कृृष्णप्रसाद कोइरालाले जानकारी दिए ।

पुस २२ गते मीनभवनबाट पक्राउ परेका उनीमाथि अनुसन्धान भइरहेको प्रहरीले बताएको छ ।