Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

माघ १ बाट नेपाल एयरलाइन्सले काठमाडौं–इलाम उडान गर्ने

By साझासवाल 2 मिनेट पढाइ

पुस २६, काठमाडौँ | नेपाल एयरलाइन्सले इलामको फाल्गुनन्द सुकिलुम्बा विमानस्थलमा उडान गर्ने भएको छ।

एयरलाइन्सले आगामी माघ १ गतेदेखि काठमाडौं–इलाम–काठमाडौं उडान गर्न लागेको हो।

हालका लागि सातामा एक उडान गर्ने र यात्रुको माग आएपनि विस्तारै उडान संख्या बढाउने एयरलाइन्सले बताएको छ।

यसअघि इलाम नगरपालिकाले पैसा तिर्ने सर्तमा तारा एयरले सोही विमानस्थलबाट उडान भरेको थियो।

एयरलाइन्सले सम्झौता मिति सकिएपछि उडान बन्द भएको थियो। ताराले गत साउनमा उडान बन्द गरेसँगै इलामबाट उडान भएको छैन।