माघ ३, काठमाडौं | सत्ता गठबन्धनको सोमबार राति सम्पन्न बैठकले मन्त्रालय भागबन्डा टुंगो लगाएको छ ।

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, उच्चस्तरीय राजनीतिक संयन्त्र संयोजक एवं नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली, जनता समाजवादी पार्टी अध्यक्ष उपेन्द्र यादव, राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देन र उपप्रधानमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी सभापति रवि लामिछाने सहभागी थिए । आफूले जिम्मेवारी पाएको २२ दिनपछि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मन्त्रिपरिषद्लाई पूर्णता दिन लागेका हुन् ।

प्रचण्डको मन्त्रिपरिषद्मा राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देन उपप्रधान तथा ऊर्जामन्त्री बन्ने भएका छन् । यससँगै उपप्रधानमन्त्रीको संख्या ४ पुग्ने भएको छ । यसअघि एमाले उपाध्यक्ष विष्णु पौडेल उपप्रधानसहित अर्थ, माओवादी वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठ उपप्रधानसहित भौतिक पूर्वाधार तथा यातायात र रास्वपा सभापति रवि लामिछाने उपप्रधानसहित गृहमन्त्री बनिसकेका छन् ।

एमालेबाट

विमला राई पौडेल परराष्ट्र,

पदम गिरीलाई स्वास्थ्य,

हरि उप्रेतीलाई रक्षा,

ज्वालाकुमारी साहलाई कृषि,

दामोदर भण्डारीलाई उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री

भगवती चौधरी

राजेन्द्र राई

माओवादी केन्द्रबाट

रेखा शर्मा सूचना तथा सञ्चार,

सुदन किराँती संस्कृति,

पर्यटन तथा नागरिक उड्डयन र

अमनलाल मोदी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री

माओवादीले सुशीला श्रीपालीलाई पर्यटन राज्यमन्त्री बनाउने भएको छ ।

रास्वपाबाट

डीपी अर्याल श्रम तथा रोजगार

शिशिर खनाल शिक्षा मन्त्री

रास्वपाले डा. तोसिमा कार्कीलाई स्वास्थ्य राज्यमन्त्री बनाउने भएको छ ।

राप्रपाबाट

विक्रम पाण्डे शहरी विकास र

ध्रुवबहादुर प्रधान कानून मन्त्री

राप्रपाले कमल थापालाई पराजित गरी विजयी बनेका दीपक सिंहलाई ऊर्जा राज्यमन्त्री बनाउने भएको छ ।

वन र महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय भागमा परेको जसपाले असन्तुष्टि जाहेर गरेको छ । तत्काल सरकारमा नजाने बताउँदै जसपाले पदाधिकारी बैठक बोलाएको छ ।

सीके राउतको जनमत पार्टीबाट मन्त्री बनेका अब्दुल खानको पनि मन्त्रालय तोकिन बाँकी छ ।

मन्त्री बन्नेका तथा बन्न लागेकामध्ये विष्णु पौडेल, नारायणकाजी श्रेष्ठ, विक्रम पाण्डे र रेखा शर्माबाहेक अधिकांश नयाँ अनुहार हुन् । दामोदर भण्डारीचाहिँ यसअघि राज्यमन्त्री बनेका थिए ।

January 17, 2023
काठमाडौँ - KTM, राजनीति
मन्त्रालय भागबन्डा: राजेन्द्र लिङ्देनदेखि तोसिमा कार्कीसम्म– मन्त्रीमा अधिकांश नयाँ अनुहार [सूची]
By साझासवाल
6 मिनेट पढाइ