Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

जसपा सरकारमा नजाने

By साझासवाल 2 मिनेट पढाइ

माघ ४, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा) सरकारमा नजाने निर्णय गरेको छ।

बुधबार बसेकाे जसपा संसदीय दलको बैठकले पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको सात दलीय सरकारमा नजाने निर्णय गरेको हो।

सरकारमा नगए पनि समर्थन भने कायमै रहेकाे जसपाले जनाएकाे छ।

जसपाले सत्तारूढ दलहरूले आफूलाई सन्तुलित र न्यायोचित मन्त्रालय नदिएको भन्दै असन्तोष पोख्दै सरकारमा नजाने निर्णय गरेको हाे।

संसदीय दलकाे बैठक हिजाे पनि बसेकाे थियाे।

सभामुखको निर्वाचनबारे पार्टीले भोलिसम्म निर्णय गर्ने भएको छ। यद्यपि उसले नेपाली कांग्रेसकी सांसद ईश्वरी न्यौपानेलाई सभामुखकाे उम्मेदवारकाे रूपमा समर्थन गरिसकेकाे छ।