२०८३, ८ बैशाख मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सांसद राउतको प्रश्न : मधेसी पार्टीलाई धकेलेर राष्ट्रिय सहमति खोज्ने ?

२०७९, ५ माघ बिहीबार ०८:११

माघ ५, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष तथा सांसद सीके राउतले नेपालमा केवल पदका लागि मात्र राष्ट्रिय सहमतिका कुरा उठाइने गरेको बताएका छन् । बिहीबार प्रतिनिधिसभा बैठकमा सम्बोधन गर्दै केवल पदका लागि मात्र राष्ट्रिय सहमतिको कुरा उठ्ने गरे पनि देश संकटमा पर्दा भने सबै राजनीतिक दल मौन बस्ने गरेको बताएका हुन् । 

राउतले राष्ट्रिय सहमति केका लागि भन्दै दलहरूलाई प्रश्न गर्दै भने, 'राष्ट्रिय सहमति केका लागि हो ? खालि पदका लागि राष्ट्रपति, प्रधानमन्त्री र सभामुख निर्वाचनका लागि राष्ट्रिय सहमति हो कि देश संकटमा पर्दा पनि हो ? देश संकटमा पर्दा राष्ट्रिय सहमति खोइ त ?' तराईमा शीतलहरको प्रभाव र देशको अर्थतन्त्र संकटमा परिररहेको उल्लेख गर्दै उनले भने, 'तराई शीतलहरले ग्रसित छ, देशको अर्थतन्त्र संकटमा पर्दा राष्ट्रिय सहमति हुन्छ कि हुन्न ? यो सरकार र संसद्ले नश्लवादी चिन्तन देखाइरहेको छ ।'


मधेसी दलहरूलाई पाखा लगाउन खोजिएको उल्लेख गर्दै उनले भने, 'कस्तो खालको राष्ट्रिय सहमति हो ? मधेसी पार्टीलाई धकेलेर खोज्नुभएको हो । हामी दलभन्दा माथि उठ्छौँ तर तपाईंहरु एउटा अनुहार, जातिको मुखौटोभन्दा माथि उठ्न सक्नुहुन्छ कि हुँदैन ? त्यो ठूलो कुरा हो ।'

मधेस आन्दोलनका सहिदहरूलाई अझै पनि सरकारले सम्मान नदिएको उनको आरोप थियो । सरकार आफैले सहिद घोषणा गरे पनि मधेस आन्दोलनका क्रममा ज्यान गुमाएकाको सम्मानमा भने ध्यान नदिएको उनले बताए ।

सांसद राउतले माघ ५ गते मधेस आन्दोलनका सहिदहरूलाई सम्मान गर्न संसद्मा १ मिनेट मौनधारण गर्न आग्रह गरेका थिए । उनको आग्रहपछि गृहमन्त्री रवि लामिछानेसहित अधिकांश दलका सांसदहरूले उठेर मौनधारण गरेका थिए ।

राउतले जनमत पार्टी अहिले पनि सरकारमै रहेकाले सभामुखमा एमाले उम्मेदवार देवराज घिमिरेलाई मत दिने बताए । यसअघि जनमतले आफूलाई दिने भनिएको उद्योग मन्त्रालय नदिएको भन्दै असन्तुष्टि व्यक्त गरेको थियो । जनमतबाट मन्त्री बनेका अब्दुल खानले पदभार ग्रहण गरेका छैनन् । उनलाई खानेपानी मन्त्रालयको जिम्मेवारी दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ