माघ ५, काठमाडौँ | नेपाली कांग्रेसकी सभामुख उम्मेदवार ईश्वरीदेवी न्यौपानेले नवनिर्वाचित सभामुख देवराज घिमिरेलाई सिंगो संसद्को अभिभावक बनेर काम गर्न शुभेच्छा प्रकट गरेकी छन् ।

प्रतिनिधिसभाको बैठकपछि सांसद् न्यौपानेले घिमिरेलाई संसद्को अभिभावक बनेर काम गर्न शुभकामना व्यक्त गरेकी हुन् । ‘उहाँ सभामुखमा निर्वाचित हुनुभएको छ । मत हाल्ने र नहाल्ने सबैको, सिंगो संसद्को अभिभावक बनेर काम गर्नुस्; बधाई र कार्यसफलताको शुभकामना व्यक्त गर्दछु,’ उनले भनिन् ।

उनले आफूलाई निर्वाचन प्रक्रियामा समर्थन र सहयोग गर्नेहरूप्रति धन्यवाद ज्ञापन गरिन् । ‘यो संसदीय व्यवस्था हो । यो व्यवस्था र प्रजातन्त्रमा मेरो पार्टी विश्वास राख्दछ । त्यहीकारण म सभामुखको निर्वाचन प्रक्रियामा सहभागी भएँ,’ उनले भनिन्, ‘मलाई मत दिने, मलाई समर्थन जनाउने सबै दल र सांसदहरूप्रति धन्यवाद ज्ञापन गर्दछु ।’

January 19, 2023
काठमाडौँ - KTM, राजनीति
नवनिर्वाचित घिमिरेलाई न्यौपानेको आग्रह- मत हाल्ने र नहाल्ने सबैको अभिभावक बन्नुस्
By साझासवाल
2 मिनेट पढाइ