माघ ७,काठमाडौं | गृहमन्त्री रवि लामिछानेले फरार भएका पुराना आरोपीहरू समातिने बताएका छन् ।

गृहमन्त्री रवि लामिछानेले सामाजिक सञ्जालमा पोस्ट गर्दै पुराना फरारहरु समातिने मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का राखेको प्रतिक्रिया दिएका छन् |

आफूले हिजो बोलेका शब्दशब्दको हेक्का रहेको बताउँदै लामिछानेले भनेका छन्, ‘पुराना ‘फरार’हरु समातिन्छ्न मात्र होइन धेरै नयाँहरु फरार हुन नपाउन् भन्ने कुराको हेक्का छ ।’

भोट माग्दा गरेका वाचाहरू नबिर्सिएको बताएँदै मिडियाको हेडलाइन बदल्न सक्दिन तर जनताको जीवन बदल्न मेहनत गरिरहेको बताएका छन् । ‘धुलो धेरै छ, पुरानो छ.. थोरै पर्खिनु चाहिँ पर्छ !’उनले फेसबुकमा लेखेका छन् ।

कर्तव्य ज्यान मुद्दामा फरार भएका महोत्तरी -१ बाट निर्वाचित सांसद लक्ष्मी महतो कोइरीको विषयमा प्रतिनिधि सभामै सांसदले गृहमन्त्री लामिछानेसँग जवाफ मागेका थिए ।

संसदमा सबै कुरा प्रक्रिया अनुसार हुने बताएका गृहमन्त्री लामिछानेले शुक्रबार सांसद महतोलाई पक्राउ गर्न प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए ।

पुराना फरार समातिने मात्रै होइन नयाँ फरार हुन नपाउन् भन्ने हेक्का छ : लामिछाने