Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रास्वपाले सांसदसँग २५ हजार र मन्त्रीसँग ३० हजार लेबी उठाउने

By साझासवाल 2 मिनेट पढाइ

माघ १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीले सांसदहरुसँग मासिक २५ हजार रुपैयाँ र मन्त्रीहरुसँग मासिक ३० हजार रुपैयाँ लेबी उठाउने भएको छ ।

केही दिनअघि बसेको पार्टी संसदीय दलको बैठकले जनप्रतिनिधिहरुसँग लेबी उठाउने निर्णय गरेको एक सांसदले बताए ।

रास्वपाबाट प्रतिनिधिसभा सदस्यमा २० जना निर्वाचित भएका छन् । जसमध्ये अध्यक्ष रवि लामिछाने र सांसदहरु डोलप्रसाद अर्याल, शिशिर खनाल र डा. तोसिमा कार्की मन्त्रिपरिषदमा सहभागी छन् ।

हाल प्रतिनिधिसभा सदस्यले तलब, कोठाभाडा, सञ्चारलगायत विभिन्न शीर्षकमा मासिक १ लाख रुपैयाँ भन्दा बढी पाउनेछन् ।