२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

फाटेको दूधको पानीमा प्रोटिन, मिनरल्स, भिटामिन हुन्छ : नफ्याँक्नुहोस्, यसरी गर्नुहोस् यसको उपयोग

२०७९, ११ माघ बुधबार ०७:५४

माघ ११, काठमाडौँ । बजारमा पाइने पनिर धेरैलाई चित्त बुझ्दैन । यस्ता मानिसहरु घरमा नै पनिर बनाउन रुचाउँछन् । कतिपटक गल्तीले दूध फाट्दा पनि मानिसले पनिर बनाउँछन् । दूधबाट पनिर वा रसबरी बनाएपछि मानिसले फाटेको दूधको पानी फ्याँक्ने गर्छन् वा कसैले अर्को पटक दूध फटाउने केही मात्रामा राख्न पनि सक्छन् । अरु फ्याँकिदिन्छन् ।


तर फाटेको दूधको यो पानी असाध्यै गुनिलो छ । पकाउने बेलामा यसलाई धेरै तरिकाले प्रयोग गर्न सकिन्छ । साथै यसमा पर्याप्त मात्रामा प्रोटिन र ल्याक्टिक एसिडजस्ता पोषक तत्व पाइन्छ । जुन स्वास्थ्यका लागि निकै फाइदाजनक छ ।

यस्तोमा फाटोको दूधको पानीको फाइदा र यसको प्रयोगका केही शानदार तरिकाबारे जानकारी लिऔँ ।

फाटेको दूधको पानी हुन्छ मिनरल्स र भिटामिनले भरपुर

भारतकी न्युट्रिसनिष्ट प्रियंक सिंहका अनुसार फाटेको दुधको पानीमा प्रोटिन, कार्बोहाइड्रेट, फ्याट, क्याल्सियम र ल्याक्टिक एसिडबाहेक प्रचुर मात्रामा विभिन्न खालका मिनरल्स र भिटामिन पाइन्छन् । यसमा क्याल्सियम शून्य बराबरको हुन्छ । यसको प्रयोग खाना बनाउनेदेखि पिउनका लागि सम्म गर्न सकिन्छ । यसले हाम्रो प्रतिरोधी क्षमता बलियो बनाउँछ । साथै, यसले उच्च रक्तचापमा पनि निकै फाइदा पुर्याउँछ । यो पिउँदा मृगौलाले निकै राम्रोसँग काम गर्छ ।

दैनिक पिउँदा पाचन तन्त्र बलियो हुनेछ

प्रियंका सिंह थप्छिन्, ‘नुन हालेर फाटेको दूधको पानी पिउँदा पाचन तन्त्र बलियो रहन्छ । यसले छिटो खाना पचाउँछ र भोक पनि जगाउँछ । लो क्यालोरीका कारण तौल बढ्ने डर पनि कम रहन्छ ।’

यसरी गर्न सकिन्छ फाटेको दूधको पानीको प्रयोग

पिठो मुछ्न : पिठो मुछ्न फाटेको दूधको पानी प्रयोग गर्दा रोटी नरम हुन्छन् ।

तरकारीको ग्रेभीमा : तरकारीको ग्रेभीमा पानीको साटो फाटेको दूधको पानी हाल्दा ग्रेभी बढी रिच, स्वस्थ र स्वादिलो हुन्छ । जुनसुकै तरकारीको ग्रेभीमा फाटेको दूधको पानी प्रयोग गर्न सकिन्छ ।

सूपमा : कुनै पनि भेजिटेबल सुपमा पानीको साटो यसको प्रयोग गर्न सकिन्छ ।

भात पकाउन : भात वा पुलाउ बनाउन पनि सादा पानीको साटो यसको प्रयोग गर्न सकिन्छ ।

कपाल धुन : फाटेको दुधको पानीका अन्य धेरै प्रयोग पनि छन् । यो पानीले कपाल धुँदा कपाल नरम हुन्छन् । साथै, चाया पनि कम हुन्छन् । मुख धुँदा पनि यो पानी प्रयोग गर्न सकिन्छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह