बालेनविरुद्ध सुमन सायमी, आज माइतीघर मण्डलामा प्रदर्शन गरिने

साझासवाल

माघ १५, काठमाडौँ | निजी जग्गामा डोजर चलाउने काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) को कदमविरुद्ध आज दिउँसो २ बजे विरोध प्रदर्शन गरिने भएको छ ।

उपत्यकाव्यापी सडक विस्तार संघर्ष समितिको अगुवाइमा माइतीघर मण्डलामा शान्तिपूर्ण प्रदर्शन गर्न लागिएको हो । समितिका संयोजक सुमन सायमीकाअनुसार बालेनलाई सचेत बनाउन दबाबस्वरुप प्रदर्शन गर्न लागिएको हो । सडक विस्तारका नाममा जथाभावी निजी जग्गामा डोजर चलाउनु, गहन अध्ययन अनुसन्धान नहुँदा सहरी सुव्यवस्था खलल हुनेलगायत विषयलाई लिएर विरोध गर्न लागिएको उनले बताए ।

मेयर बालेनले निजी जग्गामा डोजर चलाउँदा स्थानीय मारमा परेको समितिको भनाइ छ । महानगरले यसअघि वडा नम्बर ३१ शंखमूलमा बाटो चौडा बनाउने भन्दै बिना सूचना साहेल महर्जनको निजी जग्गामा डोजर चलाएको थियो ।

सम्पतिको हक हनन गरेको भन्दै स्थानीयले आपत्ति जनाउँदै आएका छन् । संयोजक सायमी बालेनका चुनावी प्रतिस्प्रर्धी हुन् । सायमीले चुनाव हारेपछि बालेनको विजय र्‍यालीमा सहभागी भएका थिए । महानगरको काममा सघाउ पुर्‍याउने भन्दै बालेनसँग सायमीले सम्झौता गरेका थिए । तर बालेनले गतल काम गरेकाले आफू संघर्षमा उत्रनु परेको उनको भनाइ छ ।

Leave a Comment

Leave a Reply