माघ २२, काठमाडौँ | पाकिस्तानका पूर्व सैनिक जनरल तथा राष्ट्रपति परवेज मुसर्रफको निधन भएको सेनाले आइतबार जानकारी गराएको छ । उहाँ ७९ बर्षको हुनुहुन्थ्यो ।

पाकिस्तानका पूर्व राष्ट्रपति परवेज मुसर्रफको आइतबार संयुक्त अरब इमिरेट्स (युएई) को दुबईस्थित अमेरिकी अस्पतालमा निधन भएको हो ।

उहाँको परिवारका सदस्यलाई उद्धृत गर्दै स्थानीय सञ्चारमाध्यमले पूर्व सैनिक जनरल तथा पाकिस्तानी पूर्व राष्ट्रपतिको ’एमाइलोइडोसिस’ का कारण निधन भएको उल्लेख गरेका छन् । मुसर्रफलाई स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि अस्पताल भर्ना गरिएको समाचारमा जनाइएको छ ।

मुसर्रफ सन् २०१६ देखि उपचारका लागि दुबईमा बस्दै आउनुभएको थियो ।

पाकिस्तानका पूर्व राष्ट्रपति मुसर्रफको निधन