Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

संसद् बैठकमा सहभागी भएनन् रास्वपाका सांसद

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

माघ २२, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू अहिले जारी संसद् बैठकमा सहभागी भएका छैनन् । पार्टीको केन्द्रीय समिति र संसदीय दलको संयुक्त बैठक बसिरहेकाले उनीहरू संसद् बैठकमा सहभागी नभएका हुन् ।

आजको पार्टी बैठकबाट सरकारमा रहने वा छाड्ने विषयमा निर्णय गरिने बताइएको छ । बैठक शनिबार राति पनि बसेको थियो । तर, बिनानिष्कर्ष टुंगिएको थियो ।

गएको बिहीबार बसेको रास्वपाको बैठकबाट सरकारलाई दुई दिनको समयसीमा दिइएको थियो । त्यति बेला गृह मन्त्रालय पुनः आफैँले पाउनुपर्ने अडान कायम राखिएको थियो । सभापति रवि लामिछानेलाई पुनः उपप्रधानसहित गृहमन्त्री बनाउनुपर्ने ‘अल्टिमेटम’ दिइएको थियो ।