असोज ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । 
"/>
2026-06-24 04:53 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रधानमन्त्रीको भारत भ्रमण उपलब्धिमूलक: माओवादी केन्द्र

2016-09-20

असोज ४, काठमाडौँ । नेकपा माओवादी केन्द्रको केन्द्रीय कार्यालयको बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालको भारत भ्रमण उपलब्धिमूलक भएको निष्कर्ष निकालेको छ । 

प्रधानमन्त्री तथा पार्टी अध्यक्ष पुष्पकमल दाहालको निजी निवास लाजिम्पाटमा आज बसेको बैठकमा गत भदौ ३० देखि असोज २ गतेसम्मको प्रधानमन्त्री दाहालको भारत भ्रमणबारे कार्यालयका सदस्यहरुले आआफ्नो धारणा राख्नुभएको प्रवक्ता पम्फा भुसालले जानकारी दिईन । 

उनले भनिन-“हिजो प्रधानमन्त्रीले आफ्नो भ्रमणबारे बैठकलाई जानकारी गराउनुभएको थियो, त्यसमाथि आज सदस्यहरुले आफ्नो धारणा राख्नुभयो ।” 

प्रवक्ता भुसालले भनिन- “भ्रमणले दुई देशबीच र दुई देशका जनताबीचको सम्बन्धलाई मजबुत बनाउन, भूकम्पपछिको पुनःनिर्माणमा भारतको थप सहयोग प्राप्त हुनु र नेपालको संविधानबारे भारतले सकारात्मक धारणा सार्वजनिक गर्नुलाई भ्रमणको मुख्य उपलब्धिका रुपमा बैठकले निष्कर्ष निकालेको छ । 

बैठकमा केही सदस्यहरुले भारत भ्रमणका क्रममा आएको दुई देशको संयुक्त वक्तव्यका केही विवादास्पद बुँदाबारे थप प्रष्ट पार्न आवश्यक रहेको धारणा राखेका थिए । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले लडाकु शिविरमा भएको अनियमितताको सम्बन्धमा थालेको अनुसन्धानबारे बैठकमा कुनै छलफल नभएको प्रवक्ता भुसालले जिकिर गरिन् । केन्द्रीय कार्यालयको अर्को बैठक भोलि पनि बस्नेछ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ फरक परिणाम निकाल्ने हो भने केही फरक गर्नैपर्छ: रवि लामिछाने कठिन परिस्थितिलाई अवसर र शक्तिमा बदल्न सक्ने क्षमता एमालेसँग छ: शंकर पोखरेल कुर्सी समातेर मात्रै बस्ने शैलीले पार्टी चल्दैन: गगन थापा रास्वपाकाे बन्दसत्र सुरू एमालेले संसदीय दलको बैठक पार्टी मुख्यालय च्यासलमा सुरू पछिल्लो कार्यतालिका अनुसार पनि सुरू भएन रास्वपा बन्दसत्र कक्षा १२ को नतिजा प्रकाशनमा कुनै त्रुटि भएको छैनः शिक्षा मन्त्रालय रास्वपाको नयाँ नेतृत्व चयनका लागि भोलि मतदान हुने रास्वपाको बन्दसत्र दिउँसो २ बजेदेखि सुरु हुने एमालेले बोलायो संसदीय दल र सचिवालयको बैठक नगरकोटमा एक जना युवकको हत्या, तीन जना पक्राउ सुनचाँदीको मूल्य घट्यो रास्वपाको बन्द सत्र आजका लागि स्थगित