Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
February 16, 2023 राजनीति

ग्याँस लिक भएपछि आमाले बोलाइन्, चन्द्र भण्डारीले बत्ती बाले, त्यहीबेला विस्फोट भयो

By साझासवाल

फागुन ४, काठमाडौँ | खाना पकाउन प्रयोग हुने ग्यास सिलिण्डर विस्फोट हुँदा नेपाली कांग्रेसका नेता एवं सांसद डा चन्द्रकान्त भण्डारी घाइते हुनुभएको छ भने उनकी आमा हरिकलाको उपचारका क्रममा निधन भएको छ।

उनीहरु काठमाडौंको नयाँबानेश्वर, बुद्धनगरस्थित अढाई तले घरको भुईँ तलामा बस्थे । चन्द्र भण्डारीकी कान्छी आमाका अनुसार ग्यास विस्फोट हुँदा  घरमा चन्द्र र आमा हरिकला मात्र थिइन्। बुधबार राति १० बजेतिर खाना पकाउने ग्याँस सिलिन्डर लिक भएको कुरा सबैभन्दा पहिले आमा हरिकला भण्डारीले थाहा पाइन्। उनी सुत्ने कोठा किचननजिकै भएकाले ग्याँस लिक भएको उनलाई थाहा भयो।

सिलिन्डरबाट ग्याँस लिक भइरहेको थाहा पाएपछि ८९ वर्षीया उनले छोरा चन्द्र भण्डारीलाई तत्कालै बोलाएर भनिन्। त्यसपछि आमाछोरा नै किचनमा पुगे। किचनमा पुगेर नेता भण्डारीले बत्ती बाले। तर उनले बत्ती बाल्नु र ग्याँसमा आगो लाग्नु एकै समयमा जस्तो भयो। ग्याँस लिक भएर गइरहेका बेला आगलागी हुनासाथ सिलिन्डर विस्फोट भयो। सिलिन्डर विस्फोट हुँदा आमाछोरा नै घाइते भए।

‘चन्द्रले बत्ती बाल्न किचनको स्विच अन गरे लगत्तै आगो सल्किएर फैलिएको भन्ने कुरा आएको छ। हामीले विद्युतका प्राविधिकसँग बुझ्दा पनि स्विच अन गर्दा भित्रबाट आगो झिलिक्क गर्ने हुँदा त्यसैले फैलिएको ग्याँस समात्न सक्ने बताएका छन्। अन्य विषयमा थप अनुसन्धान भइरहेको छ’, प्रहरीले बताए।

भण्डारीलाई राति १०:३० बजे कीर्तिपुर अस्पताल पुर्‍याइएको थियो। आमा हरिकलालाई भने बानेश्वरस्थित सिभिल अस्पतालबाट राति साढे ११ बजे तिर कीर्तिपुर पुर्‍याइएको थियो। अस्पताल ल्याउने बेलासम्म हरिकलाको जीउको अधिकांश भागमा गरि ७० प्रतिशत जलन भएको अस्पतालले जनाएको थियो।

तर हरिकलाको उपचारका क्रममा बिहीबार बिहान १० बजेर ५८ मिनेटमा निधन भएको बर्न अस्पतालले जनाएको छ। नेता भण्डारीको अवस्था पनि गम्भीर छ। उनलाई थप उपचारका लागि भारतको मुम्बईस्थित बर्न सेन्टरमा लैजाने तयारी गरिएको छ।

भण्डारीलाई उपचारमा लैजानका लागि श्री एयरलाइन्स रिजर्भ गरिएको छ। कांग्रेसका नेता भण्डारी गुल्मी क्षेत्र नं. १ बाट प्रतिनिधि सभामा निर्वाचित सांसद हुन्।