असोज ४, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

मं"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... असोज ४, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

मं"/>

२०८३, १६ जेष्ठ शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्छ : खनाल

२०७३, ४ आश्विन मंगलवार ११:१५

असोज ४, काठमाडौं । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार चक्रपाणि खनाल बलदेवले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने स्पष्ट पारेका छन् ।

मंगलबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै खनालले दशैंअघि नै संविधान संशोधन प्रक्रिया अघि बढ्ने बताएका हुन् । उनले भने,‘दशैंअघि नै संशोधन अघि बढ्छ, संशोधन प्रक्रिया अघि बढाउनकै लागि प्रधानमन्त्रीको अमेरिकाको भ्रमण स्थगित भएको हो ।’

साक्षात्कार कार्यक्रममा खनालले संशोधन प्रस्ताव दर्ता गर्नको लागि मात्रै नभएर यसले निकास दिनेगरि अघि बढाउन सरकार गम्भिर रहेकोले केही समय ढिला भएको स्पष्ट पारे । उनले अघि थपे,‘प्रस्ताव अपरिपक्व नहोस भनेर हामी गम्भिर छौं, दर्ताको लागि मात्रै दर्ता नगरेर हामी संशोधनमार्फत समस्या समाधान होस भन्ने पक्षमा छौं ।’ संविधान संशोधनमा सहमति जुटाउन प्रमुख दलहरुवीच अहिले सघन वार्ता तथा छलफल भैरहेको पनि उनको भनाई थियो ।

प्रधानमन्त्री प्रचण्डको हालै भएको भारत भ्रमणलाई लिएर पक्ष र विपक्षमा भैरहेको बहस सामान्य भएको उनको टिप्पणी थियो । प्रधानमन्त्री भारत जानुअघि जुन जुन विषयमा छलफल भएको थियो भ्रमण त्यही विषयमा केन्द्रित रहेको खनालको दाबी छ ।

प्रधानमन्त्रीको भारत भ्रमसँगै चिसिएको नेपाल–भारत सम्बन्ध सुधार भएको समेत उनको विश्वास छ । उनले अघि थपे,‘चिसिएको सम्बन्ध सुधार भएको छ, र विगतमा भएका द्धिपक्षीय सम्झौताहरुको कार्यान्वयनमा आउनेछ ।’

भारतले नेपालको संविधान कार्यान्वयन गर्दै अघि बढ्न भन्नु नै उसले संविधानको स्वागत गरेको खनालको दाबी थियो । ‘संविधान कार्यान्वयन गर्दै नेपाल अघि बढोस भन्नु नै संविधानको स्वागत हो नि,’ उनले थपे । यद्धपी उनले भारतले निमेलका कुराहरु मिलाउँदै अघि बढ्न समेत आग्रह गरेको बताए ।

उनले मधेशी, जनजाति, थारु, आदिवासी लगायतका मुद्दालाई सम्बोधन गर्नपनि संविधान संशोधन गर्नुपर्छ भन्ने कुरा आफ्नो पार्टीले पहिलेदेखि नै आवाज उठाएको उल्लेख गर्दै जतिसक्दो मिल्ने कुरामा संशोधन गर्न सरकार तयार रहेको बताए । खनालले थपे,‘सबैको अपनत्व भयो र आवाज सम्बोधन भयो भने मुलुकको आन्तरिक राष्ट्रियता पनि बलियो हुन्छ ।’

संविधान दिवसका दिन असन्तुष्ट पक्षहरुले कालोदिवस मनाएर विरोध गरेपनि वार्ता तथा सम्वाद अहिलेपनि जारी रहेको उनले जनाए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी