फागुन १५, काठमाडौँ | प्रतिनिधि सभाको चौथो ठूलो दल राष्ट्रिय स्वतन्त्र पार्टीले प्रचण्ड नेतृत्वको सरकारलाई दिएको समर्थन कायमै राखेको छ ।

रास्वपाको आज बसेको बैठकले सरकारलाई दिएको समर्थन कायमै राख्ने निर्णय गरेको सहमहामन्त्री कवीन्द्र बुर्लाकोटीले जानकारी दिए ।

राष्ट्रपति निर्वाचनका सन्दर्भमा भने दुवै पक्षले मत मागेको र अझै पनि सहमतिको पहल भइरहेकाले निर्णय नगरिएको उनले बताए ।

सरकारलाई रास्वपाको समर्थन कायमै, राष्ट्रपतिमा कसलाई मत दिनेबारे अनिर्णीत