२०८३, १८ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

नेपाली नाटक जापानमा प्रदर्शन गरिने

२०७९, १९ चैत्र आईतवार ११:४७

चैत १९, काठमाडौँ | नेपाली नाट्य कर्मीले तयार पारेको ‘इम्ब्रियोनिक’ नाटक जापानमा मञ्चन गरिने भएको छ । इन्द्रेणी थिएटरको प्रस्तुति रहेको उक्त नाटक आगामी अप्रिल ८ र अप्रिल ९ मा जापानको इतावासीस्थित सबटेरेनियम थिएटरमा मञ्चन गरिने उक्त संस्थाद्वारा आज पोखरामा आयोजित पत्रकार सम्मेलन जानकारी दिइयो ।  


इन्द्रेणी थिएटरका अध्यक्ष केदारनाथ पौडेलले इम्ब्रियोनिक नाटकमा मानव विकासक्रम र अन्त्यसम्मको सङ्घर्षका गाथामा आधारित रहेको बताउनुभयो । “कला क्षेत्रमा सबै कलाका विधा प्रयोग गरेर केही नौलो प्रस्तुति जन्माउन खोजिएको उक्त नाटकलाई थप परिस्कृत गर्दै जापान लान लागिएको हो”, अध्यक्ष पौडेलले भन्नुभयो । टिकटमा प्रस्तुत गरिने उक्त नाटक जापानमा दुई सो प्रदर्शन गर्न लागिएको बताइएको छ । 

केही महिना अघि मात्र तयार भएको उक्त नाटक कास्कीको पोखरा–१९ को ढिकीडाँडा रिसोर्ट, पोखरा थिएटर र काठमाडौँको मण्डला थिएटरमा प्रदर्शन गरिएको जानकारी अध्यक्ष पौडेलले दिनुभयो । उक्त नाटक प्रदर्शन गर्न इन्द्रेणी थिएटरका अध्यक्ष एवं नाटकको लेखन निर्देशन केदारनाथ पौडेल र सोही संस्थाका कपील शर्मा र दीपेन्द्र पौडेल जापान जान लाग्नुभएको हो । 

नाटकको सङ्गीत शिवहरि अर्याल र अर्जुन गुरुङले निर्माण गर्नुभएको हो । नाटक तयार पार्नका लागि गण्डकी प्रज्ञा प्रतिष्ठानले सहयोग गरेको जानकारी पत्रकार सम्मेलनमा दिइएको छ । विसं २०७६ मा स्थापना भएको इन्द्रेणी थिइटर स्थापना कालदेखि नाटक तथा साहित्यका अन्य विधामा काम गर्दै आएको जानकारी सो अवसरमा दिइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो बुद्धले देखाउनुभएको बाटो दुःख निवारणको बाटो हो: बालेन शाह सुनचाँदीको मूल्य बढ्यो रोल्पामा भएको जिप दुर्घटनामा १७ जनाको मृत्यु सार्वजनिक बिदा परे तापनि भोलि सर्वोच्च अदालत खुल्ने, बन्दी प्रत्यक्षीकरणको सुनुवाइ हुने राष्ट्रपतिले जारी गरे सहकारीसम्बन्धी अध्यादेश हामी सबै नागरिक हौँ र सबैको बराबर अधिकार छ: बाबुराम भट्टराई सर्लाही–४ को विकास र आगामी जितका लागि म सधैँ साथमा रहनेछु: गगन थापा कक्षा १२ को परीक्षा केन्द्रहरूमा लापरवाही भएको भन्दै नेविसंघले बुझायो परीक्षा बोर्डलाई ध्यानाकर्षण पत्र विद्यार्थी बोकेको बस दुर्घटना हुँदा १३ जना घाइते महाधिवेशनसम्म जाँदा हामीले नयाँ नेतृत्वको टिम तयार पार्नुपर्छ भनेर प्रस्ताव राखेको मैले नै हो: प्रचण्ड एकै दिन दुई हजार ४८९ सवारी चालक कारबाहीमा, २२ लाख बढी राजस्व संकलन रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटमा सुनुवाइ हुँदै