Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
April 9, 2023 समाज

धादिङको पर्यटकीय सुन्दर गाउँ रुबी भ्यालीमा ओली दम्पत्ती

By साझासवाल

<p><b>चैत २६, धादिङ ।</b> नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओली धादिङको पर्यटकीय सुन्दर गाउँ रुबीभ्याली पुगेका छन् ।</p><p>सधैँ पत्नी राधिकालाई ठाउँ चिनाउने गरेका ओली रुबीभ्यालीमा भने राधिकाले देखाएको डाँडातर्फ हेरेको फोटो उनको सचिवालयले सार्वजनिक गरेको छ । उक्त तस्बिर रुबीभ्यालीको पानदिसे भन्ने स्थानको हो ।</p><p>एमाले सांसद तथा उद्योग व्यवसायी महासंघका अध्यक्ष एलपी साँवा र महासंघका सदस्य तथा व्यवसायी रघु पुरीलगायतले निर्माण गरेको गोरक्ष हाइड्रो पावरको उद्घाटन गर्न ओली रुबीभ्याली गएका हुन् ।</p>