Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media
April 14, 2023 समाज

जनकपुर जयनगर रेल सेवा आजबाट दिनको चार पटक सञ्चालन हुने

By साझासवाल

<p><b>बैशाख १, काठमाडौँ |</b> नेपालको कुर्थादेखि भारतको जयनगरसम्म आजबाट दिनको चार पटक रेल आवतजावत हुने भएको छ । हाल नेपालको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनमा रहेको नेपालको एक मात्र रेल सेवा नेपाल रेल्वे शुक्रवारदेखि दिनको चार पटक आवतजावत गर्दै सेवा बिस्तार गरेको हो ।</p><p>यसअघि दुई पटक मात्र आवतजावत गर्ने गरेको रेल नयाँ वर्ष २०८० को प्रारम्भसँगै आजदेखि चारपटक आवतजावत गर्नेगरी सञ्चालनमा आउने भएको हो । रेल्वेका महाप्रबन्धक निरञ्जन झाका अनुसार अब नेपालको कुर्थाबाट रेल बिहान ७ बजेर १५ मिनेटमा र बेलुकी २ बजेर ४५ मिनेटमा भारतको जयनगरका लागि प्रस्थान गर्नेछ भने भारतको जयनगरबाट रेल जनकपुरधाम वा कुर्थाका लागि बिहान ९ बजेर ३० मिनेट र बेलुकी पाँच बजे प्रस्थान गर्नेछ ।</p><p>यो सेवा बिस्तारसँगै रेल्वेमा यात्रुको चाप कम हुने र आरामदायी यात्रा हुने विश्वास छ । यसअघि एक पटक मात्र कुर्थाबाट खुल्ने गरेको रेलमा यात्रु बस्ने सिटको अभाव र अनावश्यक भिडभाड हुने गरेको थियो । साथै महाप्रबन्धक झाले बिजलपुरासम्म रेल सेवा बिस्तारका लागि दुई चरणको इन्पेक्सनको काम सम्पन्न भइसकेको जानकारी गराउँदै बाँकी अधुरा कामहरू छिट्टै पूरा गरेर आफूहरूलाई हस्तान्तरण गर्न भारतीय कम्पनी इरकनलाई आग्रह गरिएको बताए ।</p><p>उनले चाँडै नै बिजलपुरासम्म रेल सेवाको बिस्तारको लागि प्रयासरत रहेको बताए । उनले थप एक यात्रुवाहक र एक कार्गो गरी दुई रेल सरकारसँग माग गरेको बताए । उनले अब सहज र सुलभ रेलसेवा उपलब्ध हुने बताए । यसअघि १० बजे जनकपुरधामबाट हिँड्ने रेल साढे ११ बजे जयनगर पुग्ने र पुनः ३ बने जनकपुरधामका लागि छुट्ने समय तालिकाका कारण यात्रुलाई किनमेल र भारतीय बजारमा किनमेलका लागि समेत समय अभाव हुने गरेको थियो । महाप्रबन्धक झासहित भारतीय प्राविधिकहरूको टोली समेत मिलेर रेल अगाडिको लिकमा नरिवल फोड्दै सेवा बिस्तारको शुभारम्भ गरिएको छ ।</p>